धनगढी । आगलागीजन्य विपद् न्यूनीकरणका लागि धनगढीका १४ ठाउँमा ‘फायर हाइड्रेन्ट’ जडान गरिएको छ । धनगढी उपमहानगरपालिकाले आगलागीजन्य विपद्का समयमा तत्काल पानी प्राप्त गरी प्रतिकार्य गर्ने उद्देश्यले नगर क्षेत्रका १४ ठाउँमा ‘फायर हाइड्रेन्ट’ जडान गरेको हो ।
आगलागीबाट हुने क्षति न्यूनीकरणका लागि नगर क्षेत्र विभिन्न १४ ठाउँमा ‘फायर हाइड्रेन्ट’ जडान गरेको धनगढी उपमहानगरपालिकाका विपद् शाखा प्रमुख दीपक भण्डारीले जानकारी दिए । शाखा प्रमुख भण्डारीकाअनुसार गतवर्ष आठ वटा र यसवर्ष ६ वटा गरी धनगढी नगर क्षेत्रका १४ ठाउँमा फायर हाइड्रेन्ट जडान गरिएको छ ।
धनगढीको मुख्यबजार अन्तर्गत ट्राफिक चौराहा देखि क्याम्पसरोड सडकखण्ड, नेपाल राष्ट्र बैंक अगाडि, सहिद गेट, बुद्धचोक, शिवनगर तथा वडा नं। १ स्थित महोत्सव मैदानको दक्षिण पुल नजिक, वडा नं. ३ पक्कीकुवास्थित पिपल चौतारा नजिक, वडा नं.४ भाटभटेनीचोक नजिक, वडा नं. ५ यातायात कार्यालय चोक, वडा नं. ६ मटियार स्थित वडा कार्यालय जाने चोक र वडा नं। १२ स्थित शहरी स्वास्थ केन्द्र जुगेडामा फायर हाइड्रेन्ट जडान गरिएको शाखा प्रमुख भण्डारीले बताए ।

आगलागी भएमा दमकल आगो निभाउन जाने भएपनि पानी भर्न पुनः नगरपालिकाको कार्यालयमै आउनुपर्ने बाध्यतालाई मध्यनजर गर्दै फायर हाइड्रेन्ट जडान गरिएको बताइएको छ । आगलागीका घटना भएमा नजिकको फायर हाइड्रेन्टमा जेटपम्प लगाएर आगो निभाउन सकिने उपमहानगरको भनाई छ ।
नगर क्षेत्रका १४ ठाउँमा फायर हाइड्रेन्ट जडान गरिएको छ । जडित फायर हाइड्रेन्ट आगलागी भएको समयमा नजिकको स्थानबाट नै दमकलमा पानी भर्ने प्रयोजनका लागि प्रयोग हुन्छ । यसले गर्दा छिटोछरितो तथा सहजरुपमा पानी दमकलमा भरेर आगलागी नियन्त्रणमा लिन मदत पुगी क्षति कम गर्न सकिने शाखा प्रमुख भण्डारीले बताए ।
फायर हाइड्रेन्ट जडानले क्षति न्यूनीकरणमा निकै सहयोग पुग्ने भएकाले उपमहागरको नगर क्षेत्रका १९ वटै वडामा थप फायर हाइड्रेन्ट जडान गर्ने योजना रहेको जनाइएको छ ।
धनगढी नगर प्रहरी बलकाअनुसार चालु आर्थिक वर्षको हालसम्म धनगढीका विभिन्न ६४ ठाउँमा आगलागीका घटना घटेका छन् । आगलागी भएको ठाउँमा नगर प्रहरी खटिएर आगो नियन्त्रणमा लिई ठूलो जनधनको क्षति हुनबाट बचाएको धनगढी नगर प्रहरी बलको कार्यालयले जनाएको छ ।
सम्बन्धित समाचार
भारी वर्षा र हुरीको सम्भावना
धनगढी उपमहानगरले निजी विद्यालयलाई भन्यो: ‘अनुमतिबिना पाठ्यपुस्तक परिवर्तन नगर्नु’
सुदूरपश्चिममा क्षयरोगको समस्या बढ्दै
धनगढीले राख्यो ८१९ सामुदायिक चौपायालाई गौशालामा
निःशुल्क रगतदेखि सहायक सामग्री उपलब्ध गराउँदै धनगढी उपमहानगर
लापसे गरेर सवारी चलाउनेमाथि कञ्चनपुरमा ट्राफिक प्रहरीको कडाइ
आठ दिनपछि खुल्यो वडा कार्यालयको तालाबन्दी
आपूर्ति व्यवस्था चुस्त बनाउन मुख्यमन्त्री शाहको निर्देशन






