ओलीको पत्थरीको शल्यक्रिया गर्न बिहीबार निर्णय हुने

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीमा पत्थरीको शल्यक्रिया’bout बिहीबार निर्णय हुने भएको छ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना रहेका ओलीको पत्थरीको शल्यक्रिया गर्ने कि नगर्ने’bout अहिले पनि छलफल जारी छ । अस्पताल स्रोतका अनुसार उनको पिसाबमा संक्रमण देखिएको आशंकामा कल्चर रिपोर्टका लागि नमूना लिइएको छ। त्यसको रिपोर्ट बिहीबार मात्रै आउनेछ।

त्यही रिपोर्ट आएपछि अस्पतालले उनको शल्यक्रिया गर्ने कि नगर्ने भन्ने’bout डाक्टरहरूले निर्णय गर्ने स्रोतले बतायो। भदौ २३ गतेको घटनासँग सम्बन्धित छानबिनका लागि जाँचबुझ आयोगले मुलुकी अपराध संहिता २०७४ को दफा १८१ र दफा १८२ अनुसार अभियोजन र अनुसन्धान प्रक्रिया अघि बढाउन सिफारिस गरेको थियो।

सरकारले जाँचबुझ आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेपछि प्रहरीले शनिबार बिहान उनलाई पक्राउ गरेको थियो।

पक्राउ परेलगत्तै मेडिकल जाँचका लागि शिक्षण अस्पताल लगिएका ओलीको स्वास्थ्यमा समस्या देखिएको भन्दै भर्ना गरिएको थियो। त्यसयता उनी अस्पतालमै छन्। उनीमाथि अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंले पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।

तपाइको प्रतिक्रिया
(Visited 113 times, 1 visits today)

epaper

ताजा समाचार

नयाँ वर्षमा आएका दुई चलचित्रकै व्यापार कमजोर