सांसदलाई दबाबमा पारेर संसदीय दलको नेता चयन गरियो : भट्टराई

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले सांसदहरूलाई दबाबमा पारेर संसदीय दलको नेता चयन गरेको आरोप लगाएका छन्।

बुधबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै उनले यस्तो आरोप लगाएका हुन्। भट्टराईले संसदीय दलको नेता चयनको शैलीले चिन्तित बनाएको उल्लेख गरेका छन्।

‘एमालेको व्यापक पुनर्गठन मार्फ़त बलियो एकता बनाउदै जनविश्वास जागृत गर्नु पर्ने बेलामा आज नेकपा (एमाले) को संसदीय दलको नेता छान्न जुन तरिका र शैली अपनाइयो यसबाट सिंगो पार्टीपंक्तिलाई थप चिन्तित बनाएको छ,’ उनले लेखेका छन् ।

केही दिनको समय लिएर छलफलको गर्नुको सट्टा हताहतारमा संसदीय दलको नेता चयन गरिएको उनको आरोप छ।

‘केही दिनको समय लिएर पार्टी नेतृत्व र माननीय सांसदहरूका बीचमा छलफलका माध्यमबाट उच्च स्तरको समझदारीमा पुग्नुको सट्टा सांसदहरूलाई दबाबमा राखेर जे गरियो यो राम्रो भएन,’ उनले भनेका छन्।

बुधबार एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध निर्वाचित भएका छन्। संसदीय दलका नेता चयनका लागि निर्वाचनमा प्रक्रियामा जाँदा बादलको मात्रै उम्मेदवारी परेको थियो। सुरुवातमा सुहाङ नेम्वाङले उम्मेदवारी दिने बताए पनि अन्तिम चरणमा बादलको प्रस्तावक बनेका थिए।

तपाइको प्रतिक्रिया
(Visited 352 times, 1 visits today)

epaper

ताजा समाचार

धनगढीका सामुदायिक विद्यालयमा कक्षा ८ नतिजामा सुधार : ३ वर्षमा ९ बाट ५० प्रतिशत नाघ्यो