गौतमश्री सहकारीका व्यवस्थापक बिष्टसहित पाँचजना पक्राउ

काठमाडौं । काठमाडौंको कुलेश्वरस्थित गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका व्यवस्थापक रवीन बिष्टसहित ५ जनालाइ प्रहरीले पक्राउ गरेको छ। बचतकर्ताको सवा अर्ब रुपैयाँभन्दा बढी रकम अपचलन गरी फरार रहेको अभियोगमा उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार राजधानीबाटै नियन्त्रणमा लिएको हो।

पाँचथरको फिदिम नगरपालिका–४ घर भएका ४१ वर्षीय बिष्ट उक्त सहकारीका मुख्य व्यवस्थापक हुन् । अरू पक्राउ पर्नेहरूमा सहकारीका अध्यक्ष इमानसिंह राई, प्रमुख कार्यकारी अधिकृत लालबहादुर क्षेत्री, प्रमुख कार्यकारी अधिकृत अविन कुमार राई र पूर्वलेखा सदस्य कर्णबहादुर राई छन्।उनीहरूले बचतकर्ताको पैसाले काठमाडौँका विभिन्न स्थानमा घरजग्गा खरिद गरेको र सो सम्पत्ति रोक्का राख्ने प्रक्रिया चलिरहेको छ। सहकारीले आकर्षक ब्याजको प्रलोभन देखाएर संकलन गरेको रकम सञ्चालकहरूले निजी कम्पनी र घरजग्गामा लगानी गर्दा संस्था टाट पल्टेको थियो।

सहकारीले बचतकर्ताको मुद्दती र बचत खातामा रहेको करिब १ अर्ब ७५ करोड रुपैयाँ फिर्ता नगरेपछि १ हजार १ सयभन्दा बढी बचतकर्ताले सहकारी विभागमा उजुरी दिएका थिए। विभागले उक्त सहकारीलाई ‘समस्याग्रस्त’ घोषणा गर्न सिफारिस गरेसँगै प्रहरीले सञ्चालक र कर्मचारीमाथि निगरानी बढाएको थियो।

पक्राउ परेकाहरूमाथि सहकारीको आन्तरिक लेखा प्रणालीमा हेरफेर गरेको र सञ्चालकहरूलाई रकम अपचलन गर्न सघाएको आरोप छ।

तपाइको प्रतिक्रिया
(Visited 53 times, 1 visits today)

epaper

ताजा समाचार

कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप