कांग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दाको पेसी आज

काठमाडौं । कांग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दाको सर्वोच्च अदालतमा विचाराधिन मुद्दाको पेसी आजका लागि तोकिएको छ। यसअघि यही चैत १ गते सर्वोच्चमा यो मुद्दाको पेसी चढे पनि पालो नआएर आजको लागि सरेको हो। आज १२ नम्बरमा पेसी छ।

गत पुस २७-३० मा भएको विशेष महाधिवेशनबाट गगन थापा कांग्रेसको सभापति चुनिएका थिए । थापा नेतृत्वकै कमिटीलाई निर्वाचन आयोगले पनि मान्यता दिएको थियो।

विशेष महाधिवेशनबाट आएको कार्यसमितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध तत्कालीन सभापति शेरबहादु देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।

कांग्रेसको १५औँ महाधिवेशन आगामी भदौ अन्तिम साता गर्ने गरी कार्यतालिका बनिसकेको छ। गत पुस २७-३० मा सम्पन्न कांग्रेस विशेष महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्य समितिले नियमित महाधिवेशन आगामी भदौ अन्तिम साताका लागि तय गरेको छ। तर अदालतबाट आधिकारिता विवादको मुद्दाको निरुपण नभएसम्म महाधिवेशन प्रक्रियामा सामेलन नहुने देउवा-कोइराला पक्षको रणनीति छ।

अदालतबाट हुने फैसलापछि मात्र महाधिवेशनमा सहभागिता’bout टुंगो लाग्ने पूर्व सहमहामन्त्रीसमेत रहेका नेता बद्री पाण्डेले बताएका छन्। मुद्दाका दुवै पक्षलाई सर्वोच्चले वहसका लागि बोलाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 98 times, 1 visits today)

epaper

ताजा समाचार

मुग्लिन-नारायणगढ सडकखण्डमा सवारीसाधन चलाउन रोक