काठमाडौं । शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पनि पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा उनलाई पक्राउ गरेको हो ।
सुलभका बुवा शंकरलाल अग्रवाललाई विभागले शुक्रबार साँझ पक्राउ गरेको थियो । व्यापारी दीपक भट्ट पक्राउ परेसँगै सम्पत्ति शुद्धीकरण विभागले उनीसँग जोडिएका अन्य व्यक्तिमाथि पनि अनुसन्धान गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् ।
सुलभ अग्रवाल २०७६ सालमा पनि ज्वरो नाप्ने थर्मल गन महँगो मूल्यमा बेच्न खोजेको आरोपमा पक्राउ परेका थिए । उनलाई पछि विभागले तारेखमा छाडेको थियो ।
शंकर ग्रुप नेपालको एक अग्रणी व्यावसायिक घरानाका रूपमा चिनिन्छ । यसको मुख्य कम्पनी जगदम्बा स्टिल हो । यो समूहले नेपालमा स्टिलसँगै, सिमेन्ट, जलविद्युत्, उपभोक्ता वस्तु लगायत क्षेत्रमा लगानी गरेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 121 times, 1 visits today)
सम्बन्धित समाचार
रवि लामिछानेको मुद्दा संशोधन गर्ने निर्णयविरुद्धको रिट अब पूर्ण इजलासमा
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
पूर्वयुवराज पारशको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
ओली,लेखकलाई थप दुई दिन हिरासतमा राख्न अनुमति
नयाँ शैक्षिकसत्र २ बैशाखदेखि, विद्यालयमा पाठ्यपुस्तक पु¥याइँदै
कांग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दाको पेसी आज






