Monday, July 26, 2021
HomeNot-to-be-missedप्रतिनिधिसभा बैठक : असङ्गठित क्षेत्रका श्रमिकले कहिले सामाजिक सुरक्षा पाउने ?

प्रतिनिधिसभा बैठक : असङ्गठित क्षेत्रका श्रमिकले कहिले सामाजिक सुरक्षा पाउने ?

,
sharethis

काठमाडौँ । अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकले श्रम ऐन, २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ ले तोकेको सेवा सुविधा प्राप्त गर्न नसकेको भन्दै सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदले असङ्गठित क्षेत्रमा काम गर्ने श्रमिक अत्यन्त न्यून ज्यालामा काम गर्न बाध्य भएको भन्दै कानूनले तोेकेको सेवा सुविधा उपलब्ध गराउन सरकारलाई आग्रह गरेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद बीनाकुमारी श्रेष्ठ असङ्गठित क्षेत्रका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी गराउन सरकारको ध्यानाकर्षण गराइन् । उनले घरेलु श्रमलाई स्थानीय सरकारअन्तर्गत दर्ता गरी त्यसलाई व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

‘औपचारिकभन्दा अनौपचारिक श्रम बजार वृद्धि भइरहेका छन्’, उनले भनिन्, ‘श्रम ऐन र सामाजिक सुरक्षा ऐन जारी भएको दुई वर्ष बिते पनि ऐनले तोकेको सेवा सुविधा अझै पाउन सकेका छैनन्, असङ्गठित क्षेत्रका श्रमिकले सामाजिक सुरक्षा कहिलेसम्म पाउने हो ? निश्चित गर्न तत्काल पहल गर्न सरकारको ध्यानाकर्षण गराउँछु ।’

सरकारले पहिलो चरणमा औपचारिक क्षेत्रका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी गराउन सामाजिक सुरक्षा कार्यक्रम शुरु गरेको छ । अनौपचारिक क्षेत्रमा काम गर्ने ठूलो सङ्ख्याका श्रमिक अहिले पनि श्रम ऐन र सामाजिक सुरक्षा ऐनले प्रत्याभूत गरेको सुविधा प्राप्त गर्नबाट वञ्चित हुँदै आएका छन् ।

नेकपाकै सांसद शान्तिमाया तामाङ पाख्रिनले वैदेशिक रोजगारीका क्रममा देखिएको विकृति रोक्न तत्कालै पहल थाल्न सरकारलाई आग्रह गरिन् । सुन्दर भविष्य निर्माण गर्ने रङ्गिन सपना बोकेर खाडीमा पसिना बगाएका युवायुवतीले तीन/चार वर्षपछि स्वदेश फर्कदाँ साथमा श्रीमान्/श्रीमती वा सम्पत्ति कुनै पनि नहुने अवस्था आएको भन्दै त्यस्ता गतिविधिमा संलग्नलाई कडाभन्दा कडा कारवाही गर्न माग गरिन् ।

‘वैदेशिक रोजगारीमा विकृति झाङ्गिँदै गएको छ’, उनले भनिन्, ‘श्रीमान्/श्रीमती विदेशमा हुँदा घर परिवार सम्हाल्न नसक्ने महिला÷पुरुष र अर्काको घर परिवार बिगार्ने पुरुष र महिला दुवैलाई कारवाही गर्न कडाभन्दा कडा कानूनको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउँछु ।’

नेकपा सांसद विद्या भट्टराईले कोरोना भाइरसको सङ्क्रमण नभित्रियोस् भनेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको स्वास्थ्य परीक्षण उपकरणको प्रभावकारी प्रयोग गर्न सरकारको ध्यानाकर्षण गराइन् । नेपाल भ्रमण वर्षलाई सफल बनाउन नेपाल कोरोना भाइरसमुक्त मुलुकका रुपमा रहेको सन्देश विश्वभर फैलाउन आवश्यक रहेको उनको भनाइ थियो ।

यति ‘होल्डिङ’बारे श्वेतपत्र माग

नेकपा सांसद बिन्दा पाण्डेले ललिता निवास जग्गा प्रकरणमा संलग्न दोषी कोही नछुट्ने र कोही निर्दोष नपर्ने गरी न्यायिक निरुपण गराउन सरकारको ध्यानाकर्षण गराइन् ।

नेपाल एयरलाइन्सको ‘वाइड बडी’ खरिद, तारागाउँको सरकारी जग्गा दुरुपयोग र नेपाल आयल निगमको जग्गा खरिद प्रकरणको तत्काल अनुसन्धान गर्न आग्रह गरिन् । यति ‘होल्डिङ’को जग्गा विवाद प्रकरणमा श्वेतपत्र जारी गरी यथार्थ जानकारी गराउन माग गरिन् ।

नेकपाका विशाल भट्टराईले बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरण ढिलै भए पनि अदालतमा पुगेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई धन्यवाद दिए । उक्त जग्गा प्रकरणमा संलग्न दोषीमाथि अदालत र अख्तियारले कडभन्दा कडा कारवाही गरोस् भन्दै उनले देशभरका अतिक्रमणमा परेका सार्वजनिक जग्गा खोज्न उच्चस्तरीय आयोग बनाउन माग गरे।

नेकपा सांसद शशी श्रेष्ठले महिलामाथि भइरहेको हिंसाको अन्त्य गरी समातामूलक भूमिका निर्वाह गर्नुपर्ने राष्ट्रिय महिला आयोगको पदाधिकारी रिक्त रहेको भन्दै तत्काल पदाधिकारी नियुक्त गर्न सरकारको ध्यानाकर्षण गराइन् । अधिकांश संवैधानिक आयोगमा पदाधिकारी रिक्त रहेको भन्दै उनले तत्काल पदाधिकारी नियुक्त गरी आयोगका कामकारबाहीलाई प्रभावकारी बनाउन आग्रह गरिन् ।

नेकपा संसदीय दलका सचेतक शान्ता चौधरीले नागरिकलाई सिंहदरबार प्रवेशमा सहज बनाउन सरकारको ध्यानाकर्षण गराइन् । उनले नागरिकता र राष्ट्रिय परिचयपत्रका आधारमा निर्वाधरुपमा सिंहदरबार प्रवेश दिलाउन माग गरिन् ।

नेकपा सांसद शेरबहादुर तामाङले सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा कोरोना भाइरस फैलिएको भन्ने हल्लामा कुनै सत्यता नभएको र त्यस्ता अफवाहको प्रतिवाद गर्दै सत्यतथ्य सार्वजनिक गर्न माग गरे । नेकपा सांसद विष्णु शर्माले छाउगोठ भत्काएर मात्रै कुसंस्कार नहट्ने भन्दै सम्बन्धित क्षेत्रमा चेतना फैलाउन सरकारको ध्यानाकर्षण गराए ।

(Visited 68 times, 1 visits today)
Loading comments...

आजको समाचार

जसपा विवादः महन्थको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले महन्थ ठाकुर पक्षले दिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । पार्टीभित्रको विवाद निरुपणका लागि निर्वाचन आयोगले थालेको ‘हेडकाउन्ट’...

वर्तमान राजनीतिक अस्थिरताको जवाफदेहिता

प्रारम्भ नेपालको राजनीति अत्यन्त असहज बन्दै गयो ।संक्रमणबाट देशले मुक्तिपाउने अवस्था देखिँदैन । २०४६ सालपश्चात् सरदर एक वर्षमा एउटा सरकार बन्दैगएको छ । जनताको मतको...

चुस्त र प्रभावकारी मन्त्रिमण्डलको खाँचो

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेसँगै मन्त्री माग्नेहरूको थेगिनसक्नु भीड लागिरहेको छ । आफैंमा उदार स्वभावका प्रम देउवा र विभिन्न पार्टीहरूको जोडबलमा बनेको...

६० सचिव फेरबदलको गृहकार्यमा देउवा सरकार

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले विभिन्न मन्त्रालय र निकायका प्रशासनिक नेतृत्वमा रहेका सचिवको सरुवा तयारी गरेको छ । विभिन्न मन्त्रालय र निकायमा...

कमजोर नबनून् राजनीतिक दलहरू !

नेपालको संविधान २०७२ को प्रस्तावनामामुलुकले ‘जनताको प्रतिष्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली’अँगाल्ने कुरा उल्लेख गरिएको छ । बहुदलीय प्रतिष्पर्धात्मक राज्य व्यवस्थामा आवधिक निर्वाचनको महŒवपूर्ण भूमिका...

साताका लोकप्रिय समाचार

एमाले बैठकमा ओली नेपालप्रति आक्रोश रावलप्रति नरम

काठमाडौ । एमाले अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकार र देउवा सरकार बनाउन सहयोग गर्ने दलहरूप्रति आक्रोश पोखेका...

२,२३७ जनामा कोरोना संक्रमण पुष्टि, १८ जनाकाे मृत्यु

  काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार २३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १३ हजार ८३४ नमुना परीक्षणमध्ये पीसीआरबाट १...

तीज गीतमा पाँच गायिक

काठमाडौं । गायिका अनिता चलाउनेले अन्य पाँच गायिकाको साथमा तीज भाका ल्याएकी छन् । उनलाई सात दिने गायिकामा एलिना चौहान, रचना रिमाल, समीक्षा अधिकारी...

विभेदको जड राजनीतिक स्वार्थ

दलितलाई भाडामा कोठा पाउनै कठिन । बस्दै आएकाले पनि दलित भनी चिनिएकै कारण कोठा छोड्नुपर्ने । दलितप्रति घरबेटीकै व्यवहार फरक हुने भन्ने गुनासो बराबर...

साताको शेयर बजार : ४२ अर्ब ५१ करोडको कारोबार

  काठमाडाैं ।   नयाँ आर्थिक वर्षको शुरुआतमा धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक र कारोबार रकम दुवैमा सकारात्मक सङ्केत देखिएको छ । बजार पूँजीकरणमा समेत...

ट्रेन्डिङ

डिपाए बार्सिलोनामा अनुबन्धित

क्याटलान । क्याटलान क्लब बार्सिलोनाले डच तथा फ्रेन्च क्लब लियोनका फरवार्ड मेम्फिस डिपाएलाई क्लबमा अनुबन्ध गरेको छ । बार्सिलोनाले २७ वर्षीय फरवार्डलाई फ्रि ट्रान्सफरमा...

थप ४२१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९ हजार २६ पुग्यो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सङ्क्रमितमा ६४ महिला र ३५७...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)