पोखराको सभागृहचोकमा युवतीको हत्या

पोखरा । पोखराको सभागृहचोकमा एक युवतीको हत्या भएको छ । बुधबार साँझ ७ बजेर ८ मिनेटमा भएको सो घटनामा एक युवकले टाउकोको पछाडिबाट धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रत्यक्षदर्शीले जनाएका छन् ।

पोखरा–८, सहभागृहचोकदेखि शिवालयचोकतर्फ जाने गल्लीको दायाँतर्फ सडकपेटीमा उभिरहेकी ती युवतीमाथि हतियार प्रहार गरेर युवक मोटरसाइकल–स्कुटर चढेर भागेको बताइएको छ । हत्या हुनेमा पोखरा ५, मालेपाटन निवासी ४२ वर्षीया सिर्जना पौडेल केसी भन्ने खुलेको छ ।

एकजना प्रत्यक्षदर्शीले भने, ‘ती युवती उभिरहेको बखत पछाडिबाट एक्कासि हानेर भागेको देखेँ । प्रहारबाट उनी चिच्चाउँदै ढलिन् । हान्ने युवक मोटरसाइकल हो कि स्कुटर ठम्याउन सकिनँ, चढेर तलतिर (शिवालयचोकतर्फ) भाग्यो ।’

प्रहरीले घेराबन्दी गरी घटनास्थल मुचुल्का विवरण संकलन गरिरहेको छ । शव पोस्टमार्टमका लागि अस्पताल लगिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले घटनामा हत्याकाण्डमा संलग्नको खोजी भइरहेको बताए ।

घटनास्थलमा अहिले ठूलो संख्यामा मानिसहरुको भिडभाड छ । पर्यटकीय राजधानी पोखराको मुख्य बजार क्षेत्रमै यसरी दिनदहाडै हत्याकाण्डका घटनाले सर्वसाधारण त्रसित बनेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 298 times, 1 visits today)

epaper

ताजा समाचार

गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु: देउवा