सृजना मृत्यु प्रकरणका थप २ जना आरोपी पक्राउ

रूपन्देही । बाँकेको नेपालगन्जमा गत चैत्र १४ गते सृजना बुढा मगरको जलेर भएको मृत्यु प्रकरणका थप २ जना आरोपीहरुलाई प्रहरीले पक्राउ गरेको छ । किटानी जाहेरीपछि फरार रहेका २ जना आरोपीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मृत्यु प्रकरणमा मुख्य आरोपित आरिफ ढपालीका पिता ५० वर्षीय रहमद ढपाली र भाई २१ वर्षीय आदिल ढपाली रहेका छन् ।

यसअघि नै मृत्यु प्रकरणका मुख्य आरोपित मृतक सृजनाका प्रेमी आरिफसहित उनका आमा र दिदीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

चैत्र १४ गते राती ११ः३५ बजेको समयमा नेपालगन्ज १२ स्थित कोरियनपुरको सडकमा जलेको अवस्थामा सृजना फेला परेकी थिइन् । मृत्यु हुनुअघि मृतक सृजना प्रेम सम्बन्धमा रहेका आरिफसँग लिभिङ टुगेडरमा नेपालगन्जमा कोठा भाडामा लिएर बस्दै आएका थिए ।

उनलाई भेरी अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए । उनको मृत्यु नभई हत्या भएको भन्दै सृजनाका आफन्तले प्रहरीमा किटानी जाहेरी दिनुका साथै निरन्तर आन्दोलन गर्दै आएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 42 times, 1 visits today)

epaper

ताजा समाचार

दाम उठ्यो, हिसाब छुट्यो—३८ लाख कसरी फुट्यो?