सपनादेखि सम्भावनासम्म अभियान: सामसंगद्वारा रेमिटेन्समा आधारित परिवारलाई विशेष लाभ घोषणा

काठमाडौं । Samsung Nepal ले “सपनादेखि सम्भावनासम्म” नामक नयाँ अभियान सार्वजनिक गरेको छ। अभियानले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको योगदानलाई सम्मान गर्दै रेमिटेन्समा निर्भर परिवारलाई लक्षित सुविधा प्रस्तुत गरेको छ।

अभियान अन्तर्गत “Samsung Remit मा Benefit” पहल ल्याइएको छ, जसअन्तर्गत विदेशबाट रकम पठाउनेहरूका लागि Samsung उत्पादन खरिदमा विशेष लाभ उपलब्ध हुनेछन्। अफर अप्रिल २४ देखि लागू हुनेछ ।

यसका लागि IME Remit, Ncell, Khalti र Hulas Fin Serve Ltd. सँग सहकार्य गरिएको छ। योजनामा बोनस डाटा, २४ महिनासम्मको EMI र क्यासब्याक जस्ता सुविधा समावेश छन् ।

कम्पनीका अनुसार, अभियानले रेमिटेन्सको महत्त्व उजागर गर्दै AI-सक्षम डिभाइसमार्फत परिवारलाई अझ स्मार्ट र कनेक्टेड जीवन अनुभव दिने लक्ष्य राखेको छ।

तपाइको प्रतिक्रिया
(Visited 17 times, 1 visits today)

epaper

ताजा समाचार

यूएईविरुद्ध नेपालले गुमायो पहिलो विकेट