सुर्खेतमा हरित पथ म्याराथन हुने

काठमाडौं । सुर्खेतमा ‘प्रकृतिसँग दौड, स्वास्थ्यतर्फ एक कदम’ भन्ने मुल नाराका साथ हरित पथ म्याराथन खुल्ला वन प्राविधिक स्तरीय प्रतियोगिता हुने भएको छ।

इन्फिनिटी नलेज हब प्रा.लि.को आयोजनामा यही वैशाख १२ गते शनिबार प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगिता सुर्खेतको वीरेन्द्रनगरस्थित कात्रेबिहार वन संरक्षण क्षेत्रलाई केन्द्र बनाएर आयोजना गर्न लागिएको हो ।

प्रतियोगितामा १३ किलोमिटर दूरीको क्वार्टर म्याराथन समावेश गरिएको छ । वन क्षेत्रको प्राकृतिक वातावरणमा हुने उक्त दौडमार्फत स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्नुका साथै प्रकृति संरक्षणको सन्देश फैलाउने उद्देश्य राखिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने धावकहरूलाई प्रथम, द्वितीय तथा अन्य उत्कृष्ट स्थानका लागि उचित पुरस्कार, प्रमाणपत्र र मेडल प्रदान गरिने आयोजकले जानकारी दिएको छ।

आयोजकका अनुसार यो कार्यक्रमले युवाहरूलाई शारीरिक रूपमा सक्रिय रहन प्रेरित गर्नुका साथै वन संरक्षण र वातावरणीय सचेतनामा पनि टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

तपाइको प्रतिक्रिया
(Visited 51 times, 1 visits today)

epaper

ताजा समाचार

बाली लगाउनुअघि नै अब न्यूनतम समर्थन मूल्य