कालीकोट । निर्माण सम्झौताको म्याद सकिएको एक वर्ष बित्दा पनि यहाँको पलाँता र पचालझरना गाउँपालिकालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने पक्की पुल निर्माण भएको छैन । पलाँता गाउँपालिकालाई पूर्ण रूपमा तथा पचालझरना गाउँपालिकाका–१ देखि ५ नं वडासम्म राष्ट्रिय सञ्जालसँग जोड्ने सो पुल निर्माणको ठेक्का सम्झौता म्याद सकिँदा समेत काम नभएको हो ।
कर्णाली प्रदेश सरकारबाट आयोजना स्वीकृत भई भौतिक पूर्वाधार विकास कार्यालय कालीकोटले ठेक्का सम्झौता गरेको थियो । तर हालसम्म पुल निर्माण गर्ने स्थानमा खाल्डो खन्नेबाहेक कुनै काम भएको छैन । पुल निर्माणका लागि श्री हिराचन–क्याराभान सुपरस्टार जेभी, गोपिकृष्णनगर–७ काठमाडौँले ठेक्का लिई २०७७ असोज १३ गते सम्झौता गरेको थियो ।
सम्झौताअनुसार २०८१ चैत २५ गतेभित्र पुल निर्माण सम्पन्न गर्नुपर्ने थियो । समयमा काम गराउन धेरै प्रयास गरिएको तर निर्माण व्यवसायीले अटेर गरेको भौतिक पूर्वाधार विकास कार्यालय कालीकोटका प्रमुख प्रभाकर सिंहले बताए । “२०८४ असार मसान्तसम्म म्याद थप गरिएको छ”, उनले भने ।
सम्बन्धित समाचार
हुम्लामा हिमपातले जनजीवन कष्टकर
मानसिक स्वास्थ्य’bout विद्यालयमा अन्तरक्रिया, ६१ जना सहभागी
दैलेखमा यौन तथा प्रजनन स्वास्थ्य सुधार परियोजना शुभारम्भ
कर्णालीका लोक, नृत्य र नाटक नौमूलेमा प्रदर्शन हुने
नदीमा माछा पाइनै छाड्यो, संकटमा माझी समुदायको पेशा
क्यान्सरसँग लड्दै ३ वर्षीय छोरा,आर्थिक सहयोगका लागि अपिल
दैलेखमा प्रादेशिक महोत्सव हुँदै, स्थानीय उत्पादन र पर्यटन प्रवर्द्धनमा जोड
सुर्खेतमा हरित पथ म्याराथन हुने






