धनगढीको ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’बाट चालु आवमा २७ हजारभन्दा बढी लाभान्वित

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ कार्यक्रमबाट चालु आर्थिक वर्ष २०८२/०८३ को साउनदेखि चैत मसान्तसम्म २७ हजार ८३९ जना बिरामीले निःशुल्क स्वास्थ्य सेवा लिएका छन् ।

ग्रामीण क्षेत्रका गरिब तथा विपन्न नागरिकलाई लक्षित गर्दै सुरु गरिएको उक्त कार्यक्रमअन्तर्गत २० हजार ८७५ महिला र ६ हजार ९६४ पुरुषले गरि २७ हजार ८३९ जना बिरामीले सेवा लिएका हुन ।

कार्यक्रमका स्रोत व्यक्ति कृष्ण बोहराका अनुसार कार्यक्रममा एक जना जनरल फिजिसियन, एक जना स्त्री तथा प्रसूति रोग विशेषज्ञ, साथै गेटा आँखा अस्पताल र धनगढी नेत्रालयको सहकार्यमा आँखारोग विशेषज्ञमार्फत सेवा प्रदान गरिएको छ ।

सेवाग्राहीमध्ये १६ हजार ९०० जनाले जनरल फिजिसियन, ३ हजार ७१५ महिलाले स्त्री तथा प्रसूति सेवा र ७ हजार २२४ जनाले आँखासम्बन्धी सेवा लिएको बोहराले जानकारी दिए ।

त्यस्तै, १८ हजार १६ जनाले प्रयोगशाला सेवा, ३ हजार ८७ जनाले इसिजी, ३ हजार ४९८ गर्भवतीले नियमित जाँच सेवा लिएका छन् भने १ हजार ३०६ जनाले अल्ट्रासाउन्ड सेवा पाएका छन् । ७० वर्षभन्दा माथिका ६ हजार ४६२ ज्येष्ठ नागरिक पनि यस कार्यक्रमबाट लाभान्वित भएका छन् ।

वि.सं. २०७९ साउनदेखि सुरु गरिएको यो कार्यक्रम हाल धनगढीका १९ वटै वडामा हरेक महिना सञ्चालन हुँदै आएको छ ।

गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै ३३ हजार १४१ महिला र ११ हजार ३१० पुरुष गरी कुल ४४ हजार ४५१ जनाले यस कार्यक्रमबाट सेवा लिएका उपमहानगरपालिकाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 8 times, 1 visits today)

epaper

ताजा समाचार

नयाँ वर्षमा आएका दुई चलचित्रकै व्यापार कमजोर