सप्तरीमा एक घण्टाको वर्षाले अधिकांश सडक र टोल जलमग्न

सप्तरी । हावाहुरी र मेघगर्जनसहित सोमबार करिब एक घण्टा भएको वर्षाले सदरमुकाम राजविराजसहित ग्रामिण क्षेत्रका अधिकांश सडक जलमग्न भएको छ । वर्षाको पानीले सिरहा रोड, अदालत रोड, भगवती मन्दिर रोडका साथै राजविराजको मुटुमै रहेको हटिया बजारलगायतका क्षेत्र जलमग्न भएको हो ।

यस्तै ग्रामिण क्षेत्रका सडकहरु पनि कतै डुवानमा त कतै हिलाम्मे भएका छन् । राजविराजको मूल बजार क्षेत्रमा समेत वर्षाको पानीले निकास नपाउँदा सर्वसाधारण समस्यामा परेका छन् । वर्षाको पानीले निकास नपाउँदा राजविराज ५ मिथिला टोलको केही घरहरुमा समेत पानी पसेको स्थानियवासिन्दा अजित ठाकुरले बताए ।

यस्तै कोरोना संक्रमितहरुका लागि ग्रामिण क्षेत्रका विभिन्न विद्यालयहरुमा बनाइएको क्यारेन्टाइन केन्द्रहरुमा पनि वर्षाको पानी पसेर समस्या भएको क्वारेन्टाइनमा बसेकाहरुले गुनासो गरेका छन् । जथाभावी फालिएका फोहर अहिले सडकमा जमेका पानीसँगै मिसिएर फैलिएका छन् । एक घण्टाको वर्षाले यस्तो समस्य खडा गरेपछि निरन्तरको वर्षाले अवस्था झन जटिल होला भन्दै स्थानियले समयमै पानी निकासको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 192 times, 1 visits today)

epaper

ताजा समाचार

अतिक्रमणको चपेटामा पोखरी र इनारले भरिभराऊ गाउँ