हिरासतमा आत्महत्या प्रकरणको अनुसन्धान गर्न समिति गठन

काठमाडौं । सिन्धुली हिरासतमा आत्महत्या प्रकरणको अनुसन्धान गर्न प्रहरीले छानविन समिति गठन गरेको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयले सिन्धुलीको सुनकोशी गाउँपालिका–३ झन्लीडाँडामा बस्ने दल बहादुर बिकका छोरा २२ वर्षीय श्रीकृष्ण बिकको हिरासतमा मृत्यु भएको घटना’bout छानबिन गर्न समिति गठन गरेको हो ।

जबरजस्ती करणी मुद्दाको अनुसन्धानका क्रममा जिल्ला अदालत सिन्धुलीबाट ७ दिनको म्याद थप भई इलाका प्रहरी कार्यालय खुर्कोट, सिन्धुलीको न्यायिक हिरासत कक्षमा राखिएका बिक वैशाख ७ गते बिहान ७: ५५ बजे हिरासत कक्षको शौचालयमा आफ्नै लगाएको कालो रंगको सटेको पातो घाँटीमा लगाई झुन्डिएको अवस्थामा फेला परेका थिए।

उपचारका क्रममा उनको मृत्यु भएपछि घटनाको तथ्यगत तथा वस्तुनिष्ठ छानबिन गरी प्रतिवेदन पेश गर्न समिति गठन गरिएको प्रहरीले जनाएको छ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जका एआइजी दिनेश कुमार आचार्यको संयोजकत्वमा गठन गरिएको समितिमा नेपाल प्रहरी प्रधान कार्यालय युएन शाखाका डीआइजी रविन्द्र नाथ पौडेल, केन्द्रीय अनुसन्धान ब्युरोका इन्सपेक्टर इन्द्रजित सुनार, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्र.नि. प्रेम रेग्मी तथा प्र.ना.नि. राजेश्वर सापकोटा सदस्य रहेका छन्।

प्रहरी प्रधान कार्यालयले ७ दिनभित्र प्रतिवेदन पेश गर्न समितिलाई निर्देशन दिएको छ।

तपाइको प्रतिक्रिया
(Visited 18 times, 1 visits today)

epaper

ताजा समाचार

पञ्चकन्या गाउँपालिकाले लगाएको चियाको व्यावसायिक उत्पादन सुरु