रौतहट । रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह नगरपालिकाद्धारा सञ्चालित ‘फ्रि बिजुली, फ्रि पानी’ कार्यक्रम तथा छोरीको विवाहमा नगद सहयोग जस्ता लोकप्रिय कार्यक्रमको भुक्तानी रोकिएकोमा आश्चर्यचकित भएकी छन् ।
बर्षौदेखी सञ्चालित यी लोकप्रिय कार्यक्रमको भुक्तानी प्रमुख प्रशासकीय अधिकृतले माथिको आदेश भन्दै रोकेकोमा मेयर साह आक्रोशित बनेकीछिन ।
‘माथिको आदेश भन्दै मौलापुरमा भाँडभैलो गर्न खोजिएको छ । नगरबासीले पाउँदै आएको सेवा, सुविधा रोक्ने षडयन्त्र कसले गरिरहेको छ म आफै आश्चर्यचकित छु । संविधान र कानून अनुसार स्थानीय सरकारले काम गर्न पाऊनु पर्छ, कानुन विपरीत कुनै पनि हस्तक्षेप स्वीकार्य छैन ।
म प्रधानमन्त्री वालेन्द्र शाहज्यूलाई भन्न चाहन्छु, तपाई स्थानीय सरकार चलाएको एउटा अनुभवी व्यक्ति हो । त्यसैले तपाईको कार्यकालमा स्थानीय सरकारलाई कानुन अनुसार काम गर्ने वातावरण दिनुस । मौलापुरको जनताले पाऊँदै आएको सेवा सुबिधालाई कुनै पनि बहानामा रोकने कार्य हामीलाई स्वीकार्य छैन ।” मेयर साहले भनिन् ।
‘तपाईको संघीय सरकारले पठाएको हाकिमले वैठकको कार्यसूची आफै तय गर्छन र निर्णय प्रमाणित पनि उपमेयरबाट गराउन भन्छन । यो प्रचलित कानून र मुल्यमान्यताको विपरीतको कार्य होइन ? हो भन्ने यस्तो कार्य तुरुन्त रोकनुस,’ उनले भनिन् ।
मौलापुर नगरपालिका देशैभरी यस्तै लोकप्रिय कार्यक्रमका कारण चर्चित रहेको छ । यहाँको लोकप्रिय एवं राम्रा कार्यक्रम अन्य पालिकाले समेत अनुशरण गरिरहेको सन्दर्भमा यस्तो कार्य कसैले रोक्न नसक्ने उनले बताइन् । यसको निकास छिटै हुने विश्वास समेत उनले व्यक्त गरेकी छन् ।
तर यी लोकप्रिय कार्यक्रमको भुक्तानी रोकिएपछि स्थानीयबासिन्दा संघर्ष समिति गठन गरेर चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् । वैशाख १३ गतेदेखि टोल टोलमा अन्तरक्रिया तथा हस्ताक्षर संकलन गरिरहेको संघर्ष समितिले वैशाख १५ गते प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ज्ञापन–पत्र बुझाउने, वैशाख २१ गते नगरपालिकामा विरोध प्रदर्शन गर्ने, र जेष्ठ ४ गतेदेखि नगरपालिकामा तालाबन्दी गर्ने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
सम्बन्धित समाचार
गौर हत्याकाण्ड’bout भ्रामक प्रचार नगर्न पीडितको अपिल
सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग
कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक
प्रधानमन्त्री कपः आजको खेलमा गण्डकी प्रदेश विजयी
परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूत भोल्जले भेटवार्ता
सम्पत्ति छानबिन गर्न २०४७ पछि चौथो संयन्त्र
रास्वपा संसदीय दलको उपनेतामा पराजुली चयन
नेपाल–लिथुआनिया सम्बन्ध सुदृढीकरण’bout छलफल






