काठमाडौं । पर्यटन विभागले रातको समयमा सगरमाथा आधार शिविरमा बस्नेगरी ‘प्याकेज’ बेचे कारबाही गर्ने भएको छ ।विभागका शाखा अधिकृत प्रकाश पोखरेलले आज सूचना जारी गरी सगरमाथा आधार शिविरका ‘एक्सपीडिसन क्याम्प’मा रातभर बस्ने गरी ‘प्याकेज’सहित विज्ञापन गरेको गुनासो प्राप्त भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताए ।
विभागले पर्वतारोहणसम्बन्धी नियामावली २०५९को दफा ९(ड)मा सम्पर्क अधिकृतको काम, कर्तव्य र अधिकारसम्बन्धी व्यवस्थाअन्तर्गत पर्वतारोही दलका सदस्य, सरदार, पर्वतीय पथ प्रदर्शक, उचाइँमा जाने कामदार, आधार शिविरका कामदार र स्थानीय कामदार बाहेक विभागको पूर्वस्वीकृति बेगरका अन्य व्यक्तिलाई आधार शिवरमा राख नदिने व्यवस्था रहेको बताएको छ ।
शाखा अधिकृत पोखरेलले पर्वतारोहणसम्बन्धी नियामावलीको कानुनी व्यवस्थाका प्रावधान बमोजिम कार्य गर्न गराउन अनुरोध गरेका छन् । पर्यटन विभागले कोही कसैबाट कानुनी व्यवस्था विपरीतकार्य भएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जनाएको छ ।
सम्बन्धित समाचार
स्याउका बोट सेताम्मे, फूल फुल्ने बेलामा मौसमले साथ दिँदा किसान खुसी
घुम्तीगोठमा बाख्रा पालेर स्वरोजगार र आत्मनिर्भर
विषादीरहित तरकारी उत्पादनमा किसान
पूर्वीनाका काँकडभिट्टाबाट सात हजार ६४२ पर्यटक भित्रिए
मानुङकोटलाई पर्यटकीय ग्राम बनाउने लक्ष्य
खाद्य कम्पनीद्वारा कैलालीमा गहुँ खरिद सुरु
ओझेलमा परेको पर्यटकीय मार्गलाई जीवन्त बनाउँदै थलाराले देखायो खप्तड पुग्ने सहज, सुन्दर र अर्थपूर्ण बाटो
गुराँसको राजधानी भरिभराउ, होटल नपाएर फर्कँदै पर्यटक






