काठमाडौं । काठमाडौंको बल्खु र वंशीघाटस्थित सुकुमबासीवस्तीबाट हटाइएकामध्ये शुक्रबार दिउँसोसम्म ५० घर परिवारले दशरथ रङ्गशालामा पुगेर नाम टिपाएका छन् । घर, जग्गा, पैतृक सम्पत्ति नभएको र न्यून आयस्रोत भएको उल्लेख गर्दै उनीहरुले विवरण टिपाएका हुन् ।
दशरथ रङ्गशालामा शहरी विकास तथा भवन निर्माण विभाग, काठामाडौं उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौं महानगर प्रहरीको संयुक्त टोलीले उनीहरुको विवरण संकलन गरिरहेको छ ।
विवरण सङ्कलनपछि स्वास्थ्य जाँच तथा मनोपरामर्श गरेर उनीहरुलाई तोकिएका ‘होल्डिङ सेन्टर’मा लैजाने तयारी भइरहेको जनाइएको छ ।
उनीहरुलाई तत्कालका लागि ललितपुरको धापाखेलस्थित टेवा कार्यालय तथा निवास, भक्तपुरको खरिपाटीको विद्युत् तालिम केन्द्र, बोडेस्थित कृषि विकास बैंक तालिम केन्द्र, नगरकोट खानेपानी तालिम केन्द्र, काठमाडौँको चोभारस्थित तरकारी बजार व्यवस्थापन केन्द्र र काभ्रे होल्डिङ सेन्टरमा लैजाने तयारी भइरहेको छ ।
अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत समितिका आयोजना निर्देशक मचाकाजी महर्जनले भने, “दशरथ रङ्गशालामा आइपुग्नु भएका सुकुम्बासीको विवरण सङ्कलन गरी उहाँहरुलाई होल्डिङ सेन्टरमा पठाउने तयारी भइरहेको छ ।”
सम्बन्धित समाचार
राष्ट्रिय कौराहा सम्मेलन सुरु
दैलेखमा प्रादेशिक महोत्सव हुँदै, स्थानीय उत्पादन र पर्यटन प्रवर्द्धनमा जोड
एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…
खानेपानी उपभोक्ता समितिलाई क्षमता विकास तालिम
लालबन्दीमा नेपालकै पहिलो मर्यादित महिनावारीमैत्री वडा घोषणा
पहिचानको खोजीमा आठपहरिया समुदाय : आदिवासी जनजातिमा सूचीकरणको माग
बालश्रममुक्त उद्योग घोषणा अभियान सुरु
फोटोबाट गुल्मी चिनाउँदै दिनेश






