काठमाडौं । केही दिनयताको वर्षाका कारण पहिरो खस्दा देशका विभिन्न क्षेत्रका मुख्य राजमार्ग अवरुद्ध भएका छन् ।
सोमबार राति इलाम रोङ गाउँपालिका–६, सलकपुर स्थित भित्री कच्ची सडकखण्ड, काभ्रे नमोबुद्ध नगरपालिका–६, चौकीडाँडा र रोशी गाउँपालिका–७, घुमाउने, चारसयबेँसीस्थित बिपी राजमार्ग सडक पूर्णरूपमा अवरुद्ध भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए।
उनले भने, “यही वैशाख १२ गतेको बाढीले अवरुद्ध भएको भोजपुर नगरपालिका–५, बोखिमको मध्यपहाडी लोकमार्ग, १६ गतेको पहिराले अवरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, जलथलेस्थित बेनी–जोमसोम सडकखण्ड तथा लमजुङ मध्यनेपाल नगरपालिका–१०, बिमिरेभन्ज्याङस्थत मध्यपहाडी लोकमार्ग भने एकतर्फी रूपमा सञ्चालन भएका छन् ।”
वर्षात्को समयमा बाढीपहिरोको जोखिम बढी हुने भएकाले अवरुद्ध भएका र एकतर्फी सञ्चालन भएका राजमार्गमा यात्रा गर्दा सुरक्षित एवं सावधानी तरिकाले यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।
सम्बन्धित समाचार
लागुऔषधका कारोबारी पक्राउ
पोल पुग्यो , वितरण गरिएन विद्युत
खुटिया सिँचाइ योजना पुनःस्थापनाका लागि धनगढी उपमहानगरको पहल, मन्त्रालयलाई पत्राचार
सरकारी कर हटाएर पेट्रोलियम पदार्थको मूल्य घटाउन प्रभु साहको माग
खानेपानी उपभोक्ता समितिलाई क्षमता विकास तालिम
ठुलीपोखरी–खौला सडक : वैशाख १० गतेदेखि ३० गतेसम्म आवतजावतमा रोक
१४ किलो चरेशसहित चार जना पक्राउ, मुख्य ‘मालिक’ भने अझै फरार
ताकम–हिलापोखरी–सोलवाङ सडक स्तरोन्नति सुरु






