थप २८८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २०९९ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा २८८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मंगलबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा देवकोटाका अनुसार २७० पुरुष र १८ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । आज देखिएको सङ्क्रमण अहिलेसम्मकै सबैभन्दा बढी हो । यससँगै सङ्क्रमितको संख्या दुई हजार ९९ पुगेको छ । तीमध्ये पुरुष एक हजार ९४९ र महिला १५० छन् । अहिलेसम्म ६१ जिल्लाका मानिसमा सङ्क्रमण देखिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 187 times, 1 visits today)

epaper

ताजा समाचार

उग्रतारा–मेलौली सडक कालोपत्रेले बदल्यो अजयमेरुको चमडा