काठमाडौं । मोरङ जिल्लाको रतुवामाई नगरपालिका–२ घररुचोकस्थित सीमा इलाकाबाट सशस्त्र प्रहरीले आइतबार राति २० लाख भारतीय रुपैयाँ बरामद गरेको छ ।
सीमा सुरक्षा गुल्म बरडंगा र बीओपी डोरियाले ५ सय दरको ४० बन्डल भारतीय रुपैयाँ बरामद गरेको हो ।

भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेका व्यक्तिहरूलाई शंका लागि जाँच गर्ने क्रममा मोटरसाइकल पछाडि सवार व्यक्तिले बोकेको झोला सोही ठाउँमा फालेर भागेको जनाइएको छ ।
बरामद रुपैयाँ आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।
तपाइको प्रतिक्रिया
(Visited 38 times, 1 visits today)
सम्बन्धित समाचार
पहिचानको खोजीमा आठपहरिया समुदाय : आदिवासी जनजातिमा सूचीकरणको माग
रास्वपाको दोहोरो चरित्र : सत्ताबाहिर ‘तिब्र आक्रामक’, सत्तामा ‘नम्र आक्रामक’
मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
सुनको मूल्य घट्दा चाँदीको बढ्यो, कतिमा भइराखेको छ कारोबार ?
संवैधानिक नियुक्ति कानुनमा राष्ट्रपतिको स्थायी विमति
सुकुमवासीलाई मध्यपुरथिमि र चाँगुनारायणका दुई ‘सेल्टर’मा आवास
होल्डिङ सेन्टरका ५२ जना बालबालिका आजदेखि विद्यालय जान थाले
प्रधानमन्त्री शाहद्वारा संवैधानिक परिषद्को बैठक आह्वान






