काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परिषद् एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका अनुसार आज सार्वजनिक गर्नका लागि अहिले बैठक बसिरहेको छ । ६-७ बजे भित्रमा एसईईको नतिजा सार्वजनिक गरिसक्ने बोर्डको जानकारी छ।
यस परीक्षा गत चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको थियो । सरकारले योपटक एक महिना नबित्दै नतिजा सार्वजनिक गर्न लागेको हो । शिक्षामन्त्री सस्मित पोखरेलले एक महिनाभित्रमा नतिजा सार्वजनिक गर्ने प्रतिबद्धता यस अगाडि नै गरेका थिए ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार यसपटक पाँच लाख १२४२१ जना विद्यार्थीले फारम भरेका थिए जसमा नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जनाले परीक्षा लेखेका थिए । यस्तै ग्रेड वृद्धितर्फ ७०,८५५ जनाले फारम भरेका थिए ।
आज नतिजा सार्वजनिक गर्नका लागि सम्पूर्ण तयारी भइसकेको र बोर्डको बैठक लगभग अन्तिम चरणमा पुगेको जानकारी गराइएको छ।
सम्बन्धित समाचार
सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण
प्रधानमन्त्रीको अवैतनिक स्वास्थ्य सल्लाहकारमा चिकित्सा शिक्षाविद् अग्रवाल नियुक्त
नेकपाले बनायो संविधान संशोधन कार्यदल
कक्षा १२ उत्तीर्णले निमावि लाइसेन्स पाउन कुन विषय पढेको हुनुपर्छ ?
विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते
होल्डिङ सेन्टरका ५२ जना बालबालिका आजदेखि विद्यालय जान थाले
बस्ती खाली गर्दा तीन विद्यालय भत्किए, विद्यार्थीको शिक्षा निरन्तरताका लागि स्थानान्तरण
दार्चुला केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस





