सेनाको ट्रक दुर्घटना : जमदारको मृत्यु, ६ जना घाइते


तुलसीपुर । नेपाली सेनाको ट्रक दुर्घटना हुँदा एक सैनिक मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा सवुज गणमा कार्यरत हेटौडा घर भएका जमदार यादवराज धरेल रहेको १९ नम्बर बाहिनी अड्डा तुलसीपुरले जानकारी दिएको छ । ढडेलको घटनास्थलमै मृत्यु भएको सेनाले जानकारी दिएको छ ।


त्यसैगरी घटनामापरी घाइते हुनेमा मेजर ईश्वर शिलवाल, हवलदार जयप्रकाश बोहरा, मोहन थापा, सिपाई विशाल गुरुङ, रोशन हिटन, र विपिन श्रेष्ठ रहेको १९ नम्बर बाहिनी अड्डा तुलसीपुरका बाहिनीपति सुशिल भण्डारीले जानकारी दिए । घाइते सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि काठमान्डौ स्थित छाउनी हस्पिटलमा लगिएको छ । घाइतेलाई नेपाली सेनाको हेलिकप्टरमार्फत छाउनी लगिएको हो ।


सल्यानको सिमखर्कमा रहेको सवुज गणबाट दाङको तुलसीपुर तर्फ आउँदै गरेको लु१ग १२३ नम्बरको ट्रक कपुरकोट गाउँपालिका–३ मा पर्ने दाङ र सल्यानको सिमाना पर्ने चोरखोला नजिकै बुधबार दिउसो दुर्घटना भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 379 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

२ सय ३ एकल महिलालाई ब्ल्याङ्ककेट

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
झापामा काँग्रेस एमाले समिकरण बन्न सक्ने संकेत