काठमाडौं । स्कटल्यान्डले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकाविरुद्ध ३२२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित ४७ ओभरमा ६ विकेट गुमाउँदै ३२१ रनको योगफल बनायो । ५० ओभरको खेललाई वर्षाका कारण ४७ ओभरमा झारिएको हो ।
स्कटल्यान्डका लागि फिन्ले म्याकक्रेथले १०२ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ७७ रन बनाए । विकेट किपर म्याथ्यु क्रसले ३२ बलमै ८ चौका र २ छक्कासहित ५८ रन जोडे ।
त्यस्तै ब्रान्डन म्याकमुलनले ४० बलमा ५ चौका र ३ छक्कासहित ५५ रनको आक्रामक इनिङ्स खेले । माइकल इङ्लिसले ३२, मार्क वाटले अविजित २५ तथा माइकल लिस्कले अविजित २८ रन बनाए । कप्तान रिची बेरिङ्टन १० रनमा आउट भए भने जर्ज मुन्सीले २० रन जोडे ।
अमेरिकाका लागि सौरभ नेत्रभाल्कर र जसदीप सिंहले समान २–२ विकेट लिए । मिलिन्दकुमार र शुभम रन्जानेले १–१ विकेट हात पारे ।
सम्बन्धित समाचार
क्षितिज भण्डारी र कृतिसरा अधिकारी राष्ट्रिय चेस विजेता
आइसिसी विश्वकप लिग २ : नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ गते काठमाडौंमा हुने
अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य
अमेरिकाविरुद्धको खेलमा नेपाल सात रनले विजयी
ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन
निताले २२ दिनमा सकिन् ‘पार्वती’
बालश्रममुक्त उद्योग घोषणा अभियान सुरु






