काठमाडौं । शुक्रबार ८ जेठबाट नेपालमा प्रदर्शन हुने नेपाली चलचित्र ‘मितज्यू’ले केन्द्रीय चलचित्र जाँच पास समितिबाट सबैले हेर्न मिल्ने ‘युनिभर्सल सर्टिफिकेट’ पाएको छ ।
यसै बिच ‘मितज्यू’को देशव्यापी अग्रिम टिकट बुकिङ समेत खुल्ला भएको छ । बुधबार रातीसम्म देशभरका ४२ वटा हलमा ६५ शो प्राप्त गर्दै अग्रिम बुकिङ सुरुवात भएको हो ।
यस चलचित्रमा अभिनेता द्वय दयाहाङ राई र सौगात मल्लसँगै डान्सर तेरिया फौज मगर, पुष्कर गुरुङ, शिशिर वाङ्देल, राज थापालगायतका कलाकारहरूको समेत सशक्त अभिनय छ । जीएम मुभिज प्रोडक्सनको ब्यानरमा जनक घर्ती मगरद्वारा निर्मित तथा अनिल बुढामगर निर्देशित यो चलचित्र ग्रामीण परिवेशको सामाजिक कथावस्तुमा आधारित छ ।
यस चलचित्रमा शिशिर बिशंखेको छायांकन र लोकेश बज्राचार्यको सम्पादन रहेको छ । जसमा श्रीकृष्ण बम मल्लको संगीत तथा मेलिना राई र लक्ष्मी मल्लको स्वर छ ।
सम्बन्धित समाचार
एकसाथ जुधे तीन नेपाली चलचित्र
पोखरामा जिफानले सिकायो अभिनय
मुख्यमन्त्री विजयले प्रेमिकाको चलचित्रलाई खोले बिहानी सो
चलचित्रको काम छाडेर फेशन र्याम्पतिर अभिनेत्रीहरू
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको शब्द रचना रहेको गीत सार्वजनिक
१७५ भन्दा बढी साहित्यकार, लेखक तथा पत्रकारहरूको सहभागितामा कोलोराडोमा हुँदैछ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
सेन्सर बोर्डमा फेरी पनि राजनिती नियुक्ती
‘मितज्यू’लाई ‘युनिभर्सल सर्टिफिकेट’






