क्यानाडाको ह्युरोन तालमा नेपाली युवा सम्पर्कविहीन, खोजी जारी

काठमाडौं । अन्टारियोस्थित पाइनरी प्रान्तीय पार्क क्षेत्रको ह्युरोन तालमा बोटिङका क्रममा एक नेपाली युवा सम्पर्कविहीन भएका छन् । सोमबार दिउँसो भएको नाउ दुर्घटनापछि उनको खोजी कार्य जारी रहेको स्थानीय प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सार्वजनिक बिदा (भिक्टोरिया डे) का अवसरमा पाँच जना साथीहरू तालमा राफ्टिङ गर्न गएका थिए। सो क्रममा अचानक आएको हावाहुरीका कारण उनीहरूले प्रयोग गरेको राफ्ट असन्तुलित भई दुर्घटना भएको थियो ।

दुर्घटनापछि दुई जना राफ्टमै सुरक्षित रहन सफल भएका थिए भने दुई जना पौडिएर किनारसम्म पुग्न सफल भएका थिए । हराइरहेका ती युवा नेपालबाट क्यानाडा अध्ययनका लागि गई पढाइ पूरा गरी हाल लन्डन, अन्टारियोमा बसोबास गर्दै आएको स्थानीय नेपाली समुदायले जनाएको छ।

घटनापछि स्थानीय प्रहरी र उद्धार टोलीले खोजी कार्य जारी राखेका छन् । पीडित परिवारको गोपनीयतालाई ध्यानमा राख्दै विस्तृत विवरण सार्वजनिक नगरिएको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

क्यानाडाको ह्युरोन तालमा नेपाली युवा सम्पर्कविहीन, खोजी जारी