धनगढीमा १४५ ग्राम लागूऔषधसहित दुई जना पक्राउ

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलाली र लागूऔषध नियन्त्रण ब्यूरो शाखा महेन्द्रनगरको संयुक्त टोलीले ठूलो परिमाणको लागूऔषध (ब्राउन सुगर)सहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–९ बंग्राकटानका २७ वर्षीय निराजन ठकुल्ला र भारत पलियाका २८ वर्षीय रिक्कल गुप्ता रहेका छन् ।

प्रहरीका अनुसार आज बिहिबार दिउँसो वडा प्रहरी कार्यालय धनगढीका प्रहरी निरीक्षक बलराम पाण्डेय र लागूऔषध नियन्त्रण ब्यूरो शाखा महेन्द्रनगरका प्रहरी बरिष्ठ नायब निरीक्षक केशबराज जोशीको नेतृत्वमा खटिएको टोलीले धनगढी–जुगेडा सडक खण्डमा विशेष सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट १४५ ग्राम ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थ बरामद गरेको हो ।

बरामद पदार्थको प्रकृति र तौल हेर्दा उनीहरूले ठूलो परिणाममा लागूऔषध कारोबार गर्नेगरेको हुनसक्ने प्रहरी अधिकारीहरूले बताएका छन् । पक्राउ परेका दुबै जनालाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको छ ।

घटनास्थल जिल्ला प्रहरी कार्यालय कैलालीबाट करिब १ किलोमिटर पूर्व–दक्षिणमा रहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 66 times, 1 visits today)

epaper

ताजा समाचार

हङकङबाट बैंकक पुगे देउवा, विमानस्थलमा भव्य स्वागत गर्ने तयारी