दुई वर्षमै दोब्बर सुधार : धनगढीका सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ५२.३९ पुग्यो

धनगढी । धनगढी उपमहानगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरूको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजामा उल्लेखनीय सुधार देखिएको छ ।

उपमहानगरपालिकाको शिक्षा तथा खेलकुद शाखाका अनुसार यस वर्ष सामुदायिक विद्यालयतर्फ १ हजार ५४८ विद्यार्थी एसईई परीक्षामा सहभागी भएकामध्ये ८११ जना उत्तीर्ण भएका छन् । यससँगै सामुदायिक विद्यालयहरूको उत्तीर्ण प्रतिशत ५२ दशमलव ३९ पुगेको छ ।

गत वर्ष २०८१ मा सामुदायिक विद्यालयतर्फ ५४ दशमलव ७४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए भने २०८० सालमा यो प्रतिशत २६ दशमलव ९७ मात्रै रहेको थियो। दुई वर्षको तथ्यांक हेर्दा सामुदायिक विद्यालयहरूको नतिजामा उल्लेखनीय सुधार आएको देखिन्छ ।

उपमहानगरपालिकाले पछिल्ला वर्षहरूमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 62 times, 1 visits today)

epaper

ताजा समाचार

३० जेष्ठ २०८३