काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको पहिलो सफल आरोहणको सम्झनामा आज शुक्रबार अर्थात् मे २९ मा ‘सगरमाथा दिवस’ मनाइन्छ । यस अवसरमा नेपाल पर्यटन बोर्ड र सरोकारवाला निकायले संयुक्त रुपमा प्रभातफेरि कार्यक्रम आयोजना गरेको थियाे । प्रभातफेरि कर्मचारी सञ्चय कोष परिसरबाट सुरु भएर जमलस्थित नाचघरमा पुगी औपचारिक कार्यक्रममा परिणात भएको थियाे ।

उद्घाटन समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री डा. विक्रम तिमल्सिनाले प्रमुख अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा सगरमाथा आरोहण, पर्यटन तथा हिमाल संरक्षण क्षेत्रमा योगदान पुर्याएका विभिन्न विशिष्ट व्यक्तित्वहरूको सम्मान तथा अभिवादनसमेत गरिएको थियो ।
सन् १९५३ मा यही दिन न्यूजिल्यान्डका सर एडमन्ड हिलारी र नेपाली शेर्पा तेन्जिङ नोर्गेले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका थिए । त्यसयता यो दिन नेपालमा विशेष महत्वका साथ मनाइँदै आएको छ ।

– नेपाल फोटो लाइब्रेरी
सम्बन्धित समाचार
तनहुँको देवघाट वन डढेलोको उच्च जोखिममा
मुक्त घोषित कृषि बँधुवा मजदुरलगायतका पुनःस्थापना निष्कर्षमा पुर्याउन आग्रह
रासायनिक मल आपूर्तिमा २८ अर्ब खर्च
हेटौंडा खानेपानी व्यवस्थापन बोर्डद्धारा दैनिक ३ करोड ७५ लाख लिटर पानी वितरण
‘मृत्युमार्ग’ बन्दैछन् गिटी–बालुवा खानी
म्यानमार सरकारको ‘महासद्धम्म जोतिकधज’ धार्मिक उपाधिबाट डा लामा सम्मानित
नयाँ अनलाइन सञ्चार माध्यमलाई पत्रकार आचारसंहिता अभिमुखीकरण
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे






