तेह्रथुम । विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवसका अवसरमा जिल्ला प्रशासन कार्यालयले तेह्रथुम बजारमा अनुगमन गरेको छ ।
प्रमुख जिल्ला अधिकारी वन्दना राई नेतृत्वको अनुगमन टोलीले व्यवसायीहरूसँग अन्तक्रिया गरी सुर्तीजन्य पदार्थको बिक्रीवितरणसम्बन्धी मापदण्ड तथा त्यसले स्वास्थ्यमा पार्ने असर’bout जानकारी गराएको छ ।
म्याङलुङ नगरपालिकाका स्वास्थ्य सहायक इन्द्रप्रसाद पोखरेलले सुर्तीजन्य पदार्थमा सात हजारभन्दा बढी रसायन, करिब २५० हानिकारक र ७० भन्दा बढी क्यान्सरजन्य तत्व हुने जानकारी गराएका थिए ।
व्यवसायीहरूलाई अनिवार्य चेतावनीमूलक बोर्ड राख्न, १८ वर्षमुनिका तथा गर्भवतीलाई चुरोटसुर्ती बिक्री नगर्न र शिक्षण तथा स्वास्थ्य संस्थाबाट १०० मिटर भित्र सुर्तीजन्य पदार्थ बिक्री नगर्न निर्देशन दिइएको छ । साथै सार्वजनिक स्थलमा धूमपान निषेध कार्यान्वयन र अन्तःशुल्क भुक्तानीा’bout पनि अनुगमन गरिएको थियो ।
संयुक्त अनुगमन टोलीमा उद्योग वाणिज्य सङ्घ, जिल्ला स्वास्थ्य कार्यालय, तीनवटै सुरक्षा निकाय तथा पत्रकार महासङ्घ पदाधिकारी सहभागी थिए ।
सम्बन्धित समाचार
प्रजनन स्वास्थ्यमा कानुनी अड्चन हटाउन सरोकारवालाको जोड
कोशी खेलकुद विकास बोर्डको उपाध्यक्षमा श्रेष्ठलाई नियुक्त गर्न माग
पूर्वी प्रवेशद्वारमा ४० फिट अग्लो ‘घण्टाघर’
विद्यालयको नाममा रहेको जमिनमा बस्ती विस्तार
पर्यटकको रोजाइमा कोशी टप्पु
काकरभिट्टामा राष्ट्रिय ‘बी’ बुद्धिचाल च्याम्पियनसिप शुरु
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइँदै
चौधौँ वर्षमा वाग्मती सफाइ महाअभियान






