बेथानचोकमा ‘प्राकृतिक स्वास्थ्योपचार’ कार्यक्रम

काभ्रेपलाञ्चोक । बेथानचोक गाउँपालिकाले ‘प्राकृतिक स्वास्थ्य उपचार’ (नेचर वेलनेस थेरापी) कार्यक्रम सुरु गरेको छ ।

गाउँपालिकाले पछिल्लो समय तनाव, अस्वस्थ जीवनशैली तथा प्राकृतिक वातावरणबाट मानिस टाढिँदै गएको अवस्थालाई मध्यनजर गर्दै प्रकृतिसँग जोडेर स्वास्थ्योपचार सुरु गरेको जनाएको छ ।

प्रकृतिसँग जोडेर स्वास्थ्योपचार प्रवर्द्धन गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीले बताए ।

अधिकारीको नेतृत्वमा विभिन्न वडाका वडाध्यक्ष एवं जनप्रतिनिधि, स्थानीयवासी तथा सरोकार भएका निकायका प्रतिनिधिको सक्रिय सहभागितामा बेथानचोक-३ दमार नजिकको हरियाली जङ्गल क्षेत्रमा थेरापी अभ्यास कार्यक्रम आयोजना गरी प्राकृतिक स्वास्थ्य उपचार कार्यक्रमको औपचारिक सुरुवात गरिएको पालिकाले जनाएको छ ।

उक्त कार्यक्रमअन्तर्गत विभिन्न टोलीमा विभाजित सहभागीले जङ्गल पदयात्रा, ध्यान, श्वासप्रश्वास अभ्यास, चराचुरुङ्गीको आवाजसँग आत्मसात् हुने गतिविधि तथा प्राकृतिक वातावरणमा शान्तिपूर्वक समय बिताउने अभ्यास सञ्चालन गर्ने अध्यक्ष अधिकारीले जानकारी दिए ।

प्राकृतिक सौन्दर्य, शान्त वातावरण र हरियाली क्षेत्रलाई स्वास्थ्य तथा पर्यटनसँग जोडेर अघि बढाउने गाउँपालिकाको योजनाअनुसार ‘प्राकृतिक स्वास्थ्य उपचार’ कार्यक्रम सुरु गरिएको उनले बताए ।

उनका अनुसार समयानुकूल निरन्तर रूपमा आयोजना गरिने उक्त कार्यक्रमले प्रकृतिमा केही समय बिताउँदा मानसिक शान्ति प्राप्त हुने, तनाव कम हुने तथा सकारात्मक ऊर्जा प्राप्त हुने विश्वास गरिएको छ ।

कार्यक्रमअन्तर्गत सञ्चालन गरिने गतिविधिले गाउँपालिकाका प्राकृतिक सम्पदाको प्रचारप्रसार हुने, पर्यटन प्रवर्द्धनमार्फत स्थानीयको आयआर्जन वृद्धि हुने, स्वास्थ्य पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्न थप मद्दत पुग्ने अध्यक्ष अधिकारीले विश्वास व्यक्त गरे ।

तपाइको प्रतिक्रिया
(Visited 12 times, 1 visits today)

epaper

ताजा समाचार

८ घण्टाभित्र बाटो नबनाए वडाध्यक्षलाई बलात्कारको धम्की !