Sunday, July 12, 2020
Home प्रदेश प्रदेश ४ गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको संख्या ५४ पुग्यो

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको संख्या ५४ पुग्यो

कास्की । गण्डकी प्रदेशका बागलुङ, स्याङ्जा, पर्वत र म्याग्दीमा थप १६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान थप सङ्क्रमण पुष्टि भएको जनाएको हो । यससँगै प्रदेशमा सङ्क्रमित कूल ५४ पुगेका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ पुष्टि भएकामा बागलुङको निसीखोला गाउँपालिका ठेगाना भइ सोही पालिकास्थित क्वारेन्टिनमा रहेका वर्ष २२ र २९ का दुई पुरुष र वर्ष ३३ की एक महिला, बडीगाड गाउँपालिका घर भइ क्वारेन्टिनमा रहेका वर्ष १६, २०, २१ र २५ का चार पुरुष र गलकोट नगरपालिकाको क्वारेन्टिनमा बसेका वर्ष २०, २२ र २३ का तीन पुरुष गरी बाग्लुङमा १० जनामा सङ्क्रमणको पुष्टि भएको सो निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

त्यसैगरी स्याङ्जाको कालीगण्डकी गाउँपालिका घर भइ सोही पालिकाको क्वारेन्टिनमा रहेका वर्ष १८ का एक पुरुषमा कोभिड–१९ पुष्टि भएको छ । पर्वत फलेवास ठेगना भइ कुश्मा नगरपालिकास्थित क्वारेन्टिनमा रहेका वर्ष २१ का दुई पुरुष र बिहादी गाउँपालिका घर भइ कुश्मा नगरपालिकाको क्वारेन्टिनमा रहेका वर्ष २४ र २८ का दुई पुरुषमा गरी चार जना, म्याग्दीको मङ्गला गाउँपालिकाको क्वारेन्टिनमा रहेका १९ का एक पुरुषमा समेत सो सङ्क्रमणको पुष्टि भएको निर्देशनालयले जनाएको छ । नयाँ पुष्टि भएका सबैलाई अहिले सम्बन्धित जिल्ला अस्पतालको आइसोलेसनमा लैजाने तयारी भइरहेको बताइन्छ । गण्डकी प्रदेशमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ५४ पुगेको छ ।

हालसम्म बागलुङमा १८, स्याङ्जामा १३, नवलपरासीमा १०, पर्वतमा नौ, म्याग्दीमा दुई तथा तनहुँ र लमजुङमा एक–एक सङ्क्रमित छन् । कोभिड–१९ पुष्टि भएका बिरामीमध्ये हालसम्म तीन उपचार गराएर निको भएपछि घर फर्किएका र बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको निर्देशनालयले जनाएको छ ।

प्रदेशमा हालसम्म तीन हजार ९६३ जनाको पिसीआर परीक्षणका लागि नमूना सङ्कलन गरिएकामा तीन हजार ३६७ मा सङ्क्रमण देखिएको छैन । परीक्षणका लागि नमूना लिइएकामध्ये ५४१ जनाको नतिजा आउन बाँकी रहेको जनाइएको छ ।

(Visited 39 times, 2 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

बढ्दै विपद्को जोखिम : वैशाखयता ९२२ घटना, १५३ को मृत्यु

काठमाडौं । गत वैशाखयता भएका प्राकृतिक विपद्का ९ सय २२ घटनामा परी १ सय ५३ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन...

अवैध मृगौला प्रत्यारोपणमा संलग्न चार जना चिकित्सक पक्राउ

काठमाडौं । अवैध रूपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा प्रहरीले चितवनको भरतपुर मेडिकल कलेजबाट ४ जना चिकित्सहरूलाई पक्राउ गरेको छ । बागमती प्रदेश प्रहरी स्रोतका अनुसार...

जुम्लामा पनि पुग्यो सहलको झुण्ड, किसान त्रसित

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका क्षेत्रमा सहल किरा पुगेको छ । छिमेकी जिल्ला जाजरकोटमा पर्ने सीमावर्ती क्षेत्रमा देखिएको भनिएको सलह जुम्लामा पनि पुगेको हाे...

कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । कोरोना संक्रमणबा६ नेपालमा थप तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा २ र सिन्धुपाल्चोकमा थप...

भर्खरै

गायक हिमाल सागर पनि अब नायक

काठमाडौं । गायक हिमाल सागरले आफू नायकका रूपमा नयाँ चलचित्रमा अनुबन्धित भएको र अमेरिकामा अब सो चलचित्रको छायांकन गर्ने बताएका छन् । सामाजिक सञ्जाल...

गणेशको ‘सहायक श्रीमान्’ अन्तर्राष्ट्रिय महोत्सवमा छनोट

काठमाडौं । पत्रकार गणेश पाण्डेको वृत्तचित्र फिल्म ‘सहायक श्रीमान्’ (को–हजबेन्ड) रसियाको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट भएको छ । आगामी अगस्ट २७ देखि २९ सम्म...

परदेशबाट शिवको सीमा चिन्ता

पोखरा । ‘आफ्नो जमिन फिर्ता गरिछाड्ने बेला भयो सिमानामा देशको झन्डा गाड्ने बेला भयो’ कवि तथा गीतकार शिव पलाँसले देशप्रेमको भाव बोकेको ‘आफ्नो जमिन’ बोलको यस...

बदमासमा सोनिका र दीपेन्द्रको रोमान्स

काठमाडौं । लकडाउन खुकुलो भएसँगै दैनिकजसो म्युजिक भिडियो रिलिज कार्यक्रम काठमाडौंमा आयोजना गर्न थालिएको छ । यसैक्रममा गायक चिरञ्जीवी भण्डारीले आफ्नो नयाँ गीत ‘बदमास...’...

धेरै पढिएका

ई-पेपर

(Visited 39 times, 1 visits today)