झापा । कोशी प्रदेशमा चालु आर्थिक वर्षको १० महिनामा बालहेल्पलाइन सेवामा ३८, बालविवाहसम्बन्धी सूचना दर्ता भएका छन् ।
हराएका बालबालिका खोजतलास समन्वय केन्द्रको कोशी टोल फ्री हेल्पलाइन १०९८ मा आर्थिक वर्ष २०८२र८३ को साउनदेखि वैशाख मसान्तसम्म सो सङ्ख्यामा सूचना दर्ता भएका हुन् ।
बालअधिकार तथा संरक्षणकर्मी सुमन अधिकारीका अनुसार प्रदेशका १४ जिल्लामध्ये चार वटा जिल्लाबाट मात्रै ती सूचना दर्ता भएको जानकारी दिए ।
उहाँले सबैभन्दा बढी मोरङमा २४ सुनसरीमा ११, इलाममा दुई र उदयपुरमा एउटा सूचना दर्ता भएको जानकारी दिए । हेल्पलाइन (१०९८) वा प्रहरी हेल्पलाइन (१०४) मा बालविवाह, हिंसा वा शोषणसम्बन्धी सूचना दर्ता भएपछि बालबालिकालाई संरक्षण, उद्धार र पुनःस्थापना गर्न विभिन्न सरकारी तथा गैरसरकारी संस्थासँग समन्वय गरेर सेवा दिने गरिएको छ ।
विसं २०७८ को राष्ट्रिय जनगणनाअनुसार कोशी प्रदेशमा नौ हजार ७१३, बालविवाहका घटना भएको तथ्याङ्क छ । पछिल्लो समय टोलटोलमा गठन भएका बाल सञ्जाल र विद्यालयमा सञ्चालित बालक्लबका कारण बालविवाह न्यूनीकरणका क्षेत्रमा महत्वपूर्ण उपलब्धि भइरहेको संरक्षणकर्मी अधिकारीले जानकारी दिए ।
सम्बन्धित समाचार
कोशी खेलकुद विकास बोर्डको उपाध्यक्षमा श्रेष्ठलाई नियुक्त गर्न माग
पूर्वी प्रवेशद्वारमा ४० फिट अग्लो ‘घण्टाघर’
विद्यालयको नाममा रहेको जमिनमा बस्ती विस्तार
पर्यटकको रोजाइमा कोशी टप्पु
काकरभिट्टामा राष्ट्रिय ‘बी’ बुद्धिचाल च्याम्पियनसिप शुरु
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइँदै
खोक्सिकमा खेलमैदान स्तरोन्नतिका काम सुरु
तरकारी खेती र स्वरोजगारमार्फत आत्मनिर्भर बन्दै रौतहटका महिला






