तेह्रथुम । तेह्रथुममा यार्सागुम्बासहित चार जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा संखुवासभाको मादी नगरपालिका–९ का जीवन लिम्बु, कर्णबहादुर लिम्बु, बादल लिम्बु र हर्कबहादुर श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार म्याङ्लुङ नगरपालिका–६ मा रहेको भुसीने जिपटारे सामुदायिक वन क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले खोजतलासका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिहरूको साथबाट १३ थान यार्सागुम्बा तथा ९ वटा मोटरसाइकल बरामद गरेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
बरामद सामग्रीसहित पक्राउ परेकाहरूलाई आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय तेह्रथुममा बुझाइएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 6 times, 1 visits today)
सम्बन्धित समाचार
वैशाखमा २३ सय बढी फरार प्रतिवादी पक्राउ
वैशाखमा पक्राउ परे एक हजार बढी लागुऔषध कारोबारी
ट्राफिक कारबाहीमा १० लाख ७८ हजार राजस्व सङ्कलन
थाइल्यान्डमा गिरफ्तार तुलसालाई मध्यराति काठमाडौं ल्याइयो
लागूऔषधसहित विभिन्न स्थानबाट छब्बिस जना पक्राउ
बुद्ध एयरको नेपालगञ्ज-पोखरा उडान स्थगन
अनशनरत रुबी खानले २३औँ दिनमा तोडिन् अनशन
गर्भवतीको हेलिकप्टरमार्फत उद्धार






