काठमाडौं । विश्व सगरमाथा दिवसको सन्दर्भ पारेर अल्पाईन स्पोटर्स फेडेरेसनको पाँचौं वार्षिक साधारणसभा हिमाली जिल्ला दोलखाको कालिन्चोक क्षेत्रमा सम्पन्न भएको छ । अल्पाईन, विन्टर, पर्वतीय, साहसिक तथा पर्यटकिय खेलकुद मार्फत दिगो पर्यटन प्रबद्र्धनमा प्रतिबद्ध महासंघले समुद्री सतहबाट ३ हजार ४ सय ५० मिटर उचाईमा रहेको धार्मीक पर्यटकीय क्षेत्र कालिन्चोकको कुरी बजारमा यही जेठ १५ र १६ मा साधारणसभा सम्पन्न गरेको हो ।
सभामा केन्द्रीय कार्यसमिति, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेश महासंघ, विज्ञ प्राविधिक तथा व्यवसायिक क्षेत्र समेतबाट मनोनयन भएका ५ जना समेत गरि ३१ जना प्रतिनिधि मध्ये २२ जना प्रतिनिधिको सहभागिता रहेको थियो ।
साधारणसभाले निष्कृय पदाधिकारीको विदाई तथा केही पदमा मनोनयन र जिम्मेवारीमा समेत हेरफेर गरेको छ भने महासंघको नियमित कार्यलाई थप प्रभावकारी र व्यवस्थित बनाउन उमेश केसी चौलागाईंलाई जनरल म्यानेजर नियुक्त गरेको छ ।
महासंघका अध्यक्ष गोविन्द भट्टराईको अध्यक्षतामा सम्पन्न साधारणसभाले प्रगति र आर्थिक प्रतिवेदन, आगामी कार्ययोजना प्रस्ताव र बजेट तथा विभिन्न विशेष प्रस्ताव समेत पारित गरेको छ । त्यस्तै साधारणसभाले अडिटर नियुक्ति, पदाधिकारीहरुको विषयगत जिम्मेवारी तथा राष्ट्रिय अन्र्तराष्ट्रिय आवद्धता, सहकार्य तथा एकता सम्बन्धि विशेष प्रस्ताव समेत पारित गरेको छ । साधारणसभामा बिगु गाउँपालिकाका अध्यक्ष संजीव ओली, कालिन्चोक गाउँपालिकाका उपाध्यक्ष कुलबहादुर बुढाथोकी, विभिन्न खेलका प्राविधिक, खेलप्रेमी तथा विज्ञ र व्यवसायिक व्यक्तित्व गरि ४३ जनाको सहभागीता रहेको थियो ।
नेपालकै अग्लो स्थानमा टग अफ वार
विश्व सगरमाथा दिवसको अवसरमा हिमाली जिल्ला दोलखाको कालिन्चोक क्षेत्रमा हाई अल्टिच्युड टग अफ वार प्रतियोगिता सम्पन्न भएको छ । समुद्री सतहबाट ३ हजार ४ सय ५० मिटर उचाईमा रहेको धार्मीक पर्यटकीय क्षेत्र कालिन्चोकको कुरी बजारमा सम्पन्न प्रतियोगिता नेपालकै सबैभन्दा अग्लो स्थानमा आयोजना गरिएको हो ।
कोशी, बागमती, कर्णाली–सुदुरपश्चिम तथा दोलखा गरी ४ टोलिको सहभागीता रहेको प्रतियोगिताको फाईनलमा बागमती प्रदेशलाई २–० को सोझो सेटमा पराजित गर्दै कोशी प्रदेशले पहिलो स्थान हासिल गरेको छ । यस अघि बागमतीले कर्णाली–सुदुरपश्चिमलाई २–१ ले हरायो भने कोशीले दोलखालाई २–० ले पराजित गर्न सफल भयो । प्रत्येक टोलिमा ८ जना मुख्य तथा २ जना वैकल्पिक गरी ४० खेलाडीको सहभागीता रहेको प्रतियोगिताका सहभागीलाई कालिन्चोक गाउँपालिकाका उपाध्यक्ष कुलबहादुर बुढाथोकीले शुभारम्भ गरेका थिए ।
अल्पाईन स्पोर्टस फेडेरेशनको आयोजना तथा नेपाल टग अफ वार एसोसियसनको प्राविधिक सहयोगमा सम्पन्न प्रतियोगताको विजेतालाई काठमाडौमा एक कार्यक्रम गरी पुरस्कृत गरिनेछ ।
टुर डे हिमालय काठमाडौं–कालिन्चोक मोटरसाईकल -याली
अल्पाईन स्पोटर्स फेडेरेसन नेपालको आयोजनामा काठमाडौं–कालिन्चोक टि.एस.डि. मोटरसाईकल ¥याली सम्पन्न भएको छ । टुर डे हिमालयको नाममा र ब्रान्डमा गरिएको सो -याली आउँदो वर्ष देखि अन्तराष्ट्रियस्तरको नेपाली ब्रान्ड बनाउने उद्देश्य सहित आयोजना गरिएको हो ।
सातटोबाटो स्थित अल्पाईन स्पोर्टस फेडेरेसनको कार्यालयबाट शुरु भएको सो ¥यालीमा २१ वटा मोटरसाईकल, ४१ जना खेलाडी तथा ८ जना प्राविधिक गरी ४९ जनाकोे सहभागिता रहेको थियो । एक्स पल्स राइडर्स क्लवको व्यवस्थापनमा सम्पन्न -याली बनेपा–दोलालघाट–खाडीचौर–मुडे–चरिकोट हुँदै कालिन्चोकको कुरी बजारमा पुगेर समापन भएको थियो ।
समय, गती र दूरीको सिस्टमलाई संयोजन गरी व्यवस्थापन गरिएको उक्त ¥यालीलाई विगु गाउँपालिका अध्यक्ष सञ्जीव ओलीले स्वागत गर्नुभएको थियो । नेपालको भूगोल र प्रकृति सुहाउँदो साहसिक खेल मार्फत दिगो पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले आयोजित सो -यालीले दोलखालाई साहसिक खेलको गन्तव्य बनाउने विश्वास गर्न सकिन्छ ।
नेपाल अटोमोबाइल एसोसिएसनका अध्यक्ष दशरथ रिसालले जेठ १५ गते फ्ल्याग अप गरि शुभारम्भ गर्नुभएको सो ¥यालीको ट्रान्स हिमालयन क्षेत्रको खेलकूदमा महत्वपूर्ण योगदान पु-याउनेछ ।
सम्बन्धित समाचार
टि-२० महिला क्रिकेटः नेपालद्वारा मलेसिया पराजित
अमेरिकाविरुद्ध नेपालको १२२ रनको फराकिलो जित
सहिद भीमनारायण गोल्डकप सुरु, सलहेश विजयी
काकरभिट्टामा राष्ट्रिय ‘बी’ बुद्धिचाल च्याम्पियनसिप शुरु
चौथो सुन्दरहरैंचा मेयर गोल्डकप जेठ १६ देखि, विजेतालाई ४ लाख पुरस्कार
श्रीलङ्काविरुद्धको खेलमा नेपालको अग्रता
आरसीबी लगातार दोस्रो पटक आईपीएल च्याम्पियन
साफ महिला च्याम्पियनसिप सेमिफाइनल






