तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका-५ झरौटास्थित सिसौघारी क्षेत्रमा भीरबाट लडेर एक जना किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका–७ भोटेपानी निवासी १७ वर्षीय अस्मित राना रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बुधबार राति साथीहरूसँग बसेका बेला पिसाब फेर्न जाने क्रममा राना झरौटा खोला नजिक रहेको करिब ९० मिटर अग्लो भीरबाट लडेका थिए ।
गम्भीर घाइते भएका रानालाई तत्काल उद्धार गरी गएराति बेलचौतारास्थि जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र लगिएकामा चिकित्सकले मृत घोषणा गरेका प्रहरी निरीक्षक दीपककुमार कार्कीले बताए ।
घटना’bout प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 17 times, 1 visits today)
सम्बन्धित समाचार
फिर्के खोलाघरका संरचना हटाउन तीन तिरबाट डोजर चलाइँदै
अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?
मुस्ताङको लोमान्थाङ गाउँपालिकामा कर सेवा सुरु
सिप्लिकान र चिउरीका बिरुवा अनुदानमा वितरण गर्दै महानगर
ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला
पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक
हिमालको काखबाट राष्ट्रिय समृद्धितर्फ






