काठमाडौं । प्रतिनिधि सभाको नयाँ नियमावलीअनुसार, कार्यव्यवस्था परामर्श समिति गठन गरिएको छ।
बुधबारको प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले कार्यव्यवस्था परामर्श समितिमा सदस्य मनोनित गरिएको जानकारी दिए। नयाँ नियमावलीमा १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति हुने व्यवस्था छ।
यसअघि प्रतिनिधि सभाको २०७९ को नियमावलीका आधारमा २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरिएको थियो। नयाँ नियमावली बनेसँगै नयाँ कार्यव्यवस्था परामर्श समिति गठन गरिएको हो।
कार्यव्यवस्था परामर्श समितिमा अचुतम लामिछाने, आरेन राई, ऐनबहादुर महर, कविन्द्र बुर्लाकोटी, क्रान्तिशिखा धिताल, खुस्बु ओली, देवराज पाठक, निश्कल राई, निशा डाँगी, प्रकाशचन्द्र परियार, वासना थापा, युवराज दुलाल, राजन गौतम, राम लामा र विपीनकुमार आचार्य सदस्य रहेका छन्।
तपाइको प्रतिक्रिया
(Visited 20 times, 1 visits today)
सम्बन्धित समाचार
कोसी प्रदेश सभामा नाराबाजी
कांग्रेसले संसद्मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने
राप्रपा महामन्त्री धवल शमशेर राणाले छाडे पार्टी
प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित
विपक्षीको विरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित
तत्कालीन गृहमन्त्री गुरुङमाथिको छानबिन समितिले बुझायो प्रतिवेदन
नतिजा देखिने गरी कार्यसम्पादन गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन
नवनियुक्त मन्त्री गुरुङ र पुनले लिए शपथ






