चितवन । यहाँको माडी नगरपालिकामा जडीबुटी पार्क ९उद्यान० बनाउन थालिएको छ । डिभिजन वन कार्यालय चितवनको सहयोगमा माडी–७ मा पार्क निर्माण गर्न लागिएको हो ।
कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार पार्कमा ३०० जडीबुटीका बिरुवा रोपिने छ । पार्कमा मौवा, तेजपत्ता, अमला, बेलजस्ता जडीबुटी प्रकृतिका बिरुवा रोपिने छ । तीनदेखि पाँच मिटरको फरकमा बिरुवा रोप्ने गरी सम्झौता भई काम सुरु गरिएको उनले जानकारी दिए । उनले भने, “जडीबुटी पार्कबाट उत्पादित जडीबुटीले आयुर्वेदिक औषधि निर्माणमा सहयोग पुग्ने छ ।” यसका लागि कार्यालयले दुई लाख बजेट विनियोजन गरेको उनले जानकारी दिए ।
उनका अनुसार माडी नगरपालिका–७ मा रहेको रेवा मध्यवर्ती उपभोक्ता समितिले पार्क निर्माण गर्ने छ । बाँसबाट बनेको बारले बिरुवाको संरक्षण गरी पार्क निर्माण गर्न लागिएको हो ।
तपाइको प्रतिक्रिया
(Visited 18 times, 1 visits today)
सम्बन्धित समाचार
चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशी कलेज अग्रस्थानमा
मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि
चैतन्य पाठशालाद्वारा स्टेशनरी र खाद्यान्न सहयोग
नारायणीमा पौडी खेल्नेक्रममा डुबेर बेपत्ता
धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया
भीमसेन थापा गाउँपालिकामा सामूहिक बिमा






