माघ १५ देखि माइभ्याली गोल्डकप


इलाम । पूर्वकै प्रतिष्ठित माइभ्याली गोल्डकप प्रतियोगीताको छैठौ संस्करण माघ १५ गतेदेखि शुरु हुने भएको छ । २३ गतेसम्म सञ्चलन हुने प्रतियोगीतामा नेपालका चारवटा एडिभिजन क्लव, चार विदेशीटिम सहित १० टिम सहभागी हुने आयोजकले जानकारी दिएको छ ।


प्रतियोगीता सञ्चालन गर्नका लागि इलामको ठूलो टुडिखेलमा बासको प्याराफिट निर्माण शुरु भएको छ । मैदान सम्याउने, मैदानलाई नरम बनाउन नियमीत रुपमा पानी लगाउने काम भइरहेको माइभ्याली फुटवल क्लवका अध्यक्ष धिरेन चेम्जोङ्गले जानकारी दिए । ‘मैदानलाई खेल्न योग्य बनाउनको लागि काम भइरहेको छ’, उनले भने, ‘प्रतियोगीताको अन्तिम तयारीको काम भइरहेको छ ।’


प्रतियोगीतामा भारतको मोहवोर्डन स्पोटिङ्ग क्लव कोलकत्ता, कोइमाइगल क्लव नागाल्याण्ड, दार्जिलिङ्ग एघार भापा एघार आउने पक्का भइसकेको छ । प्रतियोगीतामा भाग लिनको लागि जापानको जापनीज युर्निभरसिटी टिमसंग छलफल भइरहेको आयोजकले जानकारी दिएको छ । नेपालका ए डिभिजन टिमसंग पनि छलफल भइरहेपनि कुन कुन क्लवलाई सहभागी गराउने भन्ने अन्तिम निर्णय भइसकेको छैन ।


मोफोसलमा हुने प्रतियोगीतालाई सहज बनाउनको लागि क्लवहरुको डायल सिस्टम हुनुपर्ने अध्यक्ष चेम्जोङको जोड छ । ‘मोफोसलका प्रतियोगीतालाई वर्गिकरण गरेर त्यस अनुसार क्लवहरुको डायल सिस्टम बनाउनुपर्छ, त्यो गर्दा अर्को सिजनमा कुन कुन टिम सहभागी हुन्छ भन्ने अहिलेकै सिजनमा थाहा हुन्छ’, चेम्जोङ्गले थपे,‘घरेलु क्लवहरुको टुङ्गो भएपछि आयोजकले विदेशी टिम भित्र्याउँन पर्याप्त कसरत गर्नसक्छ ।’ एन्फाका केन्द्रीय सदस्य निरोज खड्गीले भने ।
प्रतियोगीताको विजेताले आठ लाख रुपैयाँ नगद सहित ट्रफि मेडल र प्रमाणपत्र पाउने छ ।

उपविजेताले पाँच लाख रुपैयाँ नगद पाउने छ । अघिल्लो सिजनमा विजेताले सात लाख रुपैयाँ र उपविजेताले तीन लाख रुपैयाँ पाएका थिए । प्लेयर आफ दि टुर्नामेन्टले एक लाख १५ हजार पुरस्कार पाउनेछन् भने विधागत उत्कृष्ट खेलाडीलाई समेत नगद पुरस्कार प्रदान गर्ने आयोजकले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 156 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

२ सय ३ एकल महिलालाई ब्ल्याङ्ककेट

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कञ्चनपुरको शुक्लाफांटामा प्रमुख एमाले उपप्रमुख काङ्ग्रेस निर्वाचित