काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
सभामुख डोलप्रसाद अर्यालले उक्त विधेयकमाथि निर्णयार्थ प्रस्तुत गर्दै सो प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत भएको घोषणा गरेका हुन् ।
अर्थमन्त्री डा. वाग्लेले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्तुत गरेका थिए । उक्त विधेयकमाथि सांसदहरु डा. पुष्पराज कँडेल, श्रद्धा कुँवर, समीक्षा बास्कोटा, गुरुप्रसाद बराल, आरेन राई, लीमा अधिकारी आचार्य, कमल सुवेदी र कृष्णहरि बुढाथोकीले आफ्नो धारणा राखेका थिए ।
अर्थमन्त्री डा. वाग्लेले राष्ट्र बैंकलाई स्वतन्त्र र स्वायत्तरूपमा काम गर्न सकोस् भन्ने उद्देश्यले यो ऐन ल्याउन जरुरी भएको बताए। प्रतिनिधि सभाको अर्को बैठक यही जेठ २९ शुक्रबार ११:०० बजे बस्नेछ ।
सम्बन्धित समाचार
शुक्रबार आगामी आवको बजेट आउँदै
आज १८ खर्ब ९० अर्बहाराहारी बजेट ल्याइँदै
बजेटवारे दलका प्रतिक्रियाः ‘ऋण लिएर घिउ खाएजस्तो’
अन्तःशुल्क टिकटको गलत प्रयोगः ‘राजश्व कार्यालय’ चुप
छाया सेन्टरको बदमासीमा अनुत्तरित ५ प्रश्न
दिगो विकास लक्ष्यमा नेपालको गति सुस्त, चुनौती बन्दै २०३० सम्मका लक्ष्य
बजेटको सूचना चुहावट भएको प्रचारमा सत्यता छैनः अर्थमन्त्री वाग्ले
एनसेलले विभिन्न बैंकबाट लिएको १५ अर्ब ८५ करोड रुपैयाँ ऋण जोखिममा






