काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको जीवन बिमा कोषलाई हतियार बनाएर केयाल ग्रुपले सुपर मादी हाइड्रोपावर लिमिटेडको सेयर खरिद बिक्रीमा चलखेल गर्दा सन लाइफको भविष्यमाथि खतरा उत्पन्न भएको छ ।
केयाल ग्रुपले ‘पम्प एन्ड डम्प’ योजना चलाउँदा कम्पनी डुब्ने अवस्थामा पुगेको हो । कम ºलोट भएको जलविद्युत् सेयरलाई औसत ७०० रुपैयाँमा संकलन गरी वास ट्रेडिङमार्फत मूल्य १ हजार ६ सय ८० रुपैयाँसम्म पु¥याएर महँगोमा सन नेपाल लाइफलाई बेचिएको र बीमितको अर्बौं कोषमा ठूलो घाटा पु¥याइएको प्रमाण वार्षिक प्रतिवेदन र नेप्से ºलोरसिट डाटाले देखाएका छन् ।
यो योजनामा केयाल ग्रुपका प्रवर्धकहरूले ब्रोकर ६५ र ९६ मार्फत एकै दिन ठूलो भोल्युम नियन्त्रणमा लिएको उजागर भएको छ । केयालमाथि सन नेपाल लाइफको ट्रेडिङ म्यानेजमेन्ट सिस्टम (टीएमएस) चलाएर चलखेल गरेको आरोप पनि लागेको छ । सन लाइफको आर्थिक वर्ष २०८१–८२ को प्रतिवेदनअनुसार सुपरमाडी हाइड्रोमा ३ लाख ११ हजार ६ सय ३ कित्ता सेयर खरिद गर्दा औसत लागत प्रतिकित्ता १ हजार १ सय ४६ रुपैयाँ पुगेको छ भने हाल बजार मूल्य ५ सय रुपैयाँभन्दा तल झर्दा बिमितको कोषमा २२ करोड रुपैयाँभन्दा बढी घाटा भएको छ ।
अघिल्लो आर्थिक वर्षमा सुपरमादी हाइड्रोमा न्यून होल्डिङ (लागत करिब २४ लाख रुपैयाँ) रहेको कम्पनीले चालु वर्षमा होल्डिङ बढाएर ३ लाख ११ हजार ६०३ कित्ता पु¥याएको देखिएको छ । यसमा सन नेपाल लाइफ इन्स्योरेन्सको समूहको कुल लागत ३७ करोड ५३ लाख २ हजार २०६ रुपैयाँ र बिमकको लागत ३५ लाख ७१ लाख ६० हजार ५३७ रुपैयाँ पुगेको थियो ।
सनलाइफको प्रतिवेदनअनुसार १५ जनवरी २०२५ अर्थात् २ माघ २०८१ मा नेप्सेमा सुपरमादीको कारोबार २ लाख १ हजार ८६५ कित्ता थियो । जसमा ब्रोकर ६५ ले खरिदको ९३ दशमलव ०२ प्रतिशत अर्थात् १ लाख ८७ हजार ७६६ कित्ता र बिक्रीको ५० दशमलव ४७ प्रतिशत कारोबार गरेको थियो ।
ब्रोकर ९६ ले पनि ७३ हजार १२० कित्ता बिक्री गरेको थियो । यसले कृत्रिम माग सिर्जना गरी मूल्य बढाएर प्रवर्धकहरूले नाफा कमाए र घाटा बिमा कोषमा सारे ।
यो योजनाको मुख्य ‘ब्याग होल्डर’ सन नेपाल लाइफ बनाइयो । प्रवर्धकहरूले सात सय रुपैयाँमा संकलन गरेको सेयर एक हजार एक सयभन्दा माथि मूल्यमा कम्पनीलाई बेचे । यसले गर्दा नाफा उनीहरूको खल्तीमा र जोखिम बिमितको थाप्लोमा पर्न गयो । हाल सुपरमादीको मूल्य ५ सय रुपैयाँको आसपास छ, जसले कम्पनीको लगानीलाई आधाभन्दा बढी अवमूल्यन गरेको छ ।
यो प्रकरणमा केयाल ग्रुपको भूमिका अत्यन्तै शंकास्पद छ । सानिमा जीआईसी इन्स्योरेन्सका अध्यक्ष कुनाल केयालले सन नेपाल लाइफको टीएमएस प्रयोग गरेर ठूला अर्डर दिएको आरोप छ ।
यस विषयमा प्रतिक्रिया लिन खोज्दा केयाल ग्रुपका जिम्मेवार अधिकारीहरु सम्पर्कमा आउन चाहेनन् । केयाल ग्रुपका कुनाल केयाललाई राजधानी दैनिकले पटक पटक फोन र म्यासेज गर्दासमेत उनी सम्पर्कमा आएनन् ।
सनलाइफ इन्स्योरेन्सको आईपीओ ठगी पनि यसैसँग जोडिएको छ । २०७९ माघमा जारी ९६ लाख कित्ता आईपीओमा कर्मचारी आरक्षित ४ लाख ८० हजार कित्ता प्रोक्सी कर्मचारीमार्फत सीईओ राजकुमार अर्यालले नियन्त्रण गरेको आरोपमा गत १६ चैतमा सीआईबीले उनलाई पक्राउ गरेको थियो ।
केयाल ग्रुपको आधिपत्य सन नेपाल लाइफमा रहेकाले यसमा केयाल ग्रुपमाथि शंकास्पद तवरले हेरिएको छ । सन लाइफका अध्यक्ष अनुज केयाल, सत्यनारायण केयाल र कुनाल केयालले विभिन्न संस्थामा पकड जमाएका छन् । यसले स्वार्थको टकराब निम्त्याएको छ । सनलाइफको लगानी समितिमा पनि प्रवर्धक निकट सञ्चालकहरूको बाहुल्य छ जसले गर्दा उच्च मूल्यमा सुपर मादीको सेयर खरिद स्वीकृत गर्न सहज भएको थियो ।
यो घटना हिमालयन रिइन्स्योरेन्स काण्डसँग मिल्दोजुल्दो रहेको छ । त्यहाँ दीपक भट्ट, शंकर ग्रुपका सुलभ अग्रवाल र शेखर गोल्छाले ३ अर्ब ७३ करोड रुपैयाँको सम्पत्ति शुद्धीकरण र सेयर हेरफेर गरेको आरोप छ । दुवैमा बिमा कोषको दुरुपयोग, ब्रोकर मार्फत वास ट्रेडिङ, टीएमएस दुरुपयोग र राजनीतिक संरक्षण देखिएको थियो । हिमालयनको सेयर खरिदबिक्रीमा ब्रोकर ५५ प्रयोग भएको थियो भने सन नेपालमा ६५ र ९६ नम्बर ब्रोकर प्रयोग भएको छ ।
यी दुवै काण्डले नेपालको बिमा क्षेत्रमा प्रणालीगत जोखिम उजागर गरेको छ । सन नेपाल लाइफले २४३ दशमलव ८ प्रतिशत सल्भेन्सी रेसियो दाबी गरे पनि सुपरमादी हाइड्रोजस्ता सेयर सम्पत्तिले गर्दा समस्या उत्पन्न भएको छ ।
यो घटनामा नियामक निकायहरूको भूमिका पनि प्रश्नको घेरामा रहेको छ । नेपाल बिमा प्राधिकरण र धितोपत्र बोर्डले समयमै हस्तक्षेप नगरेको आरोप छ । सेबोनले आईपीओ मुद्दा बन्द गरेपछि मात्र सीआईबीले हस्तक्षेप गरेको थियो । सुपर मादी हाइड्रो प्रकरणमा अझै ठोस कारबाही हुन सकेको छैन ।
सन नेपाल लाइफ २०१० को दशकमा स्थापित कम्पनी हो । केयाल ग्रुपको यसमा आधिपत्य रहेको छ । केयाल ग्रुपको नेतृत्वमा यो कम्पनीले नेपाल बिमा प्राधिकरणबाट लाइसेन्स प्राप्त गरेको थियो । सञ्चालक समितिमा अध्यक्ष अनुज केयाल, कुनाल केयाल जस्ता व्यक्तिहरूको प्रमुख भूमिका छ । कुनाल केयाल सानिमा जीआईसी इन्स्योरेन्सका अध्यक्ष पनि हुन् ।
सन लाइफको चुक्ता पुँजी ५ अर्बभन्दा माथि छ र जीवन बिमा कोष १० अर्ब नाघेको दाबी रहेको छ तर लगानी पोर्टफोलियामा भएको अस्वाभाविक परिवर्तनले ठूलो प्रश्न उठाएको छ ।
सन नेपाल लाइफले २०७९ माघमा प्रिमियम मूल्यमा ९६ लाख कित्ता आईपीओ जारी गरेको थियो । नियमअनुसार पाँच प्रतिशत अर्थात् चार लाख ८० हजार कित्ता कर्मचारीहरूलाई आरक्षित थियो । गत चैतमा सीईओ राजकुमार अर्याललाई सीआईबीले पक्राउ गर्दा अयोग्य व्यक्तिहरूलाई प्रोक्सी कर्मचारी बनाएर सेयर आºनो नियन्त्रणमा राखेको आरोप लागेको थियो ।
यद्यपि पाटन उच्च अदालतले सम्बन्धित रिट खारेज गरी दिएको थियो । तथापि मुख्य घोटाला भने सुपर मादी हाइड्रोपावर लिमिटेडको सेयरमा केन्द्रित छ ।
सुपर मादीमा पम्प एन्ड डम्प योजना
केयाल ग्रुपसँग आबद्ध संस्थाहरूले सुपर मादीको सेयर औसत ७ रुपैयाँको हाराहारीमा संकलन गरे । २ माघ २०८१ मा कुल कारोबार २ लाख १ हजार ८६५ कित्ताको भएको थियो । जसमा ब्रोकर ६५ ले मात्रै १ लाख ८७ हजार ७६६ कित्ता अर्थात् ९३ दशमलव २ प्रतिशत खरिद ग¥यो । बिक्री भने १ लाख १ हजार ८९० कित्ता अर्थात् ५० दशमलव ४७ प्रतिशत ग¥यो । यसरी नेप्सेमा खुलारूपमा वास ट्रेडिङ र म्याच्ड अर्डरमार्फत मूल्य बढाइयो । यसरी एउटै ब्रोकरबाट भएको १ लाख १ हजार १५० कित्ताको म्याचिङले बजारमा नक्कली माग देखाएर मूल्यलाई १ हजार ६८० सम्म पु¥याएको देखिन्छ ।
ब्रोकर ९६ ले भने ७३ हजार १२० कित्ता बिक्री गरेको देखिन्छ ।
यसरी एउटै ब्रोकरले दुवै पक्ष नियन्त्रण गरेर मूल्यलाई १ हजार ५ सयदेखि १ हजार ६८० रुपैयाँसम्म पु¥याइयो । साना लगानीकर्ताहरू लोभिएर किन्न थाले ।
मूल्य आकासिएपछि हेरफेरकर्ताहरूलाई सेयर बेचेर निस्कन एउटा ठूलो खरिदकर्ताको आवश्यकता थियो । यहाँ सन नेपाल लाइफको जीवन बिमा कोषलाई प्रयोग गरियो । प्रवर्धकहरूले महँगोमा पु¥याएको सेयर सन नेपाल लाइफको नाममा भिडाए ।
सन नेपाल लाइफको आव २०८०–८१ र २०८१–८२ को वार्षिक प्रतिवेदनअनुसार अघिल्लो वर्ष सुपर मादीको होल्डिङ न्यून लागत २४ लाख ५३ हजार ७०९ र फेयर भ्यालु २४ लाख ४१ हजार ३५० रुपैयाँ देखिन्छ ।
चालु आवमा ३ लाख ११ हजार ६०३ कित्ताको समूह लागत ३७ करोड ५३ लाख २ हजार २०६ रुपैयाँ र बिमक लागत ३५ करोड ८ ७१ लाख ६० हजार ५३७ रुपैयाँ रहेको छ । यसमा समूहतर्फको फेयर भ्यालु ३४ करोड ५३ लाख ७४ हजार ५३३ मात्र हुँदा ३ करोड घाटामा पुगेको स्पष्ट हुन्छ ।
प्रवर्धकहरूले ७ सय रुपैयाँमा किनेको सेयर बिमा कम्पनीलाई ११ सय रुपैयाँमा बेचेको देखिन्छ । तर अहिले सुपर मादीको मूल्य ५ सय रुपैयाँको आसपासमा रहेको छ । यसले गर्दा सन नेपाल लाइफको यो लगानीमा करिब २२ करोड रुपैयाँ घाटा हुन पुगेको छ ।
यसले नेपालको जीवन बिमा क्षेत्रमा एउटा गम्भीर वित्तीय अपराधको पर्दाफास भएको छ, जहाँ बिमितहरूले आºनो भविष्य सुरक्षित गर्न जम्मा गरेको प्रिमियमलाई एक शक्तिशाली व्यापारिक घरानाको निजी स्वार्थ र सेयर बजार हेरफेरका लागि हतियार बनाइएको छ ।
सन नेपाल लाइफ इन्स्योरेन्स र यसको मुख्य प्रवर्धक केयाल ग्रुपको मिलेमतोमा सुपर मादी हाइड्रोपावर लिमिटेडको सेयरमा गरिएको ‘पम्प एन्ड डम्प’ (मूल्य बढाएर बेच्ने) योजनाले संस्थागत सुशासनको धज्जी उडाएको मात्र छैन, बिमितको अर्बौंको कोषलाई जोखिममा धकेलेको छ ।
यदि तत्काल डिजिटल फरेन्सिक अडिट र लगानी समितिको जबाफदेहिता सुनिश्चित नगरिएमा बिमितको पसिनाको प्रिमियमबाट प्रवर्धकहरूले गर्ने यो लुटले नेपालको वित्तीय स्थायित्वलाई नै धराशायी बनाउन सक्छ ।
सम्बन्धित समाचार
३३ वर्षमा ११ अध्ययन प्रतिवेदन, सहकारीका समस्या जस्ताको तस्तै
आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब (पूर्णपाठ)
‘७ वर्षमा १५० खर्बको अर्थतन्त्र’
आधा शताव्दीदेखि सीमित व्यापारीको कब्जामा सयौं रोपनी सरकारी जग्गा
अन्तर–सरकारी वित्तीय हस्तान्तरणमा ४ खर्ब २४ अर्बभन्दा बढी रकम
सरकारले आज आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट सार्वजनिक गर्दै
देशभर ३२ हजार ३२५ सहकारी, शेयर पुँजी एक खर्ब ४३ अर्ब २९ करोड
सरकारले ल्यायो २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट (पूर्णपाठसहित)






