गुल्मी । गत वर्ष सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजामा रि–टोटलिङपछि गुल्मीका थप तीनजना विद्यार्थीको चार जीपीए आएको छ ।
जिल्लाको सिद्धबाबा माध्यमिक विद्यालयका दुई जना छात्र र शान्तिपुरस्थित चक्रेश्वर इंग्लिस बोर्डिङ स्कुलकी छात्राको चार जीपीए आएको हो । सिद्धबाबाका विशाल विक र विश्वास थापा एवं चक्रेश्वरकी सरगम सुवेदीको चार जीपीए आएको हो ।
गत २८ वैशाखमा प्रकाशित भएको नतिजामा सिद्धबाबाका विशाल र विश्वास दुवैको समान ३ दशमलव ९८ जीपीए तथा चक्रेश्वरकी सरगमको ३ दशमलव ९५ जीपीए आएको थियो । पछिल्ला तीन जनासँगै गुल्मीमा चार जीपीए ल्याउने विद्यार्थीको संख्या ९ पुगेको छ ।
गत वैशाखमा प्रकाशित नतिजामा जिल्लाको रेन्बो इंग्लिस बोर्डिङ स्कुलका दुई जना तथा महेन्द्र माध्यमिक विद्यालय, रिडी माध्यमिक विद्यालय, रेसुंगा माध्यमिक विद्यालय र शारदा माध्यमिक विद्यालयका एक÷एक जना विद्यार्थीले चार जीपीए ल्याएका थिए ।
सम्बन्धित समाचार
गर्मी बढेपछि कोहलपुरका विद्यालय तीन दिन बन्द
क्रिकेटर लामिछाने र ब्रिज कन्सल्टेन्सीबीच पाँच वर्षको सम्झौता
आकस्मिक सेवा दिनुपर्ने बिरामीको मात्र उपचार गर्न बिमा बोर्डको निर्देशन
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
विश्व ‘ब्रेन ट्युमर’ दिवसः नेपालमा बिरामी बढ्दै
बालिका करणी अभियोगमा खुशीराम पक्राउ
अगिया खोलामा अवैध उत्खनन, सशस्त्रको छापा
कृष्णनगर नाकाबाट २५ लाख बराबरको यौनवर्धक औषधि बरामद






