क्वारिन्टाइनमा १४ दिन बसेर घर फर्किएका युवाको कोरोनाबाट मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणले सुर्खेतमा एक जनाको मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका वडा नम्बर १ हाँसेका २० वर्षे युवाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

उनी नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने ११ औं ब्यक्ति हुन । बिहिबार पनि पाल्पाका ४५ वर्षीय एक पुरुषले कोरोनाबाटै ज्यान गुमाएका थिए । बिहीबार बिहान करिब पौने २ बजेतिर क्वारेन्टाइनमै शंकास्पद ढंगले ज्यान गुमाएका ति युवाको स्वाव परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।

क्वारेन्टिनमा १४ दिन बसेर घर फर्किए लगत्तै उनको मृत्यु भएको थियो । क्वारेन्टाइनमा १४ दिन बसेर दुईपटक आरडीटी किट परीक्षण रिपोर्ट नेगेटिभ देखिएपछि ती युवकलाई बुधबार घर पठाइएको थियो । उनी भारतको मुम्बईबाट जेठ ७ गते सुर्खेत आएका थिए ।

युवकसहित जनता मावि विद्यापुर क्वारेन्टिनमा रहेका वडा नम्बर १ का ६ जनालाई बुधबार दिउँसो घर पठाइएको थियो । क्वारेन्टिनस्थलबाट रातको करिब ११ बजे गाउँ पुगेका मृतकसहित ६ जनालाई घर नजिकैको माहुरी पालन स्रोत केन्द्रको भवनमा राखिएको थियो । सोही स्थानमा उनको मृत्यु भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 178 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग