कैलाली । कैलालीको चुरे गाउँपालिकाले व्यावसायिक रूपमा भैँसी पाल्ने किसानलाई ५० हजार रुपैयाँ अनुदान दिएको छ । किसानलाई व्यावसायिक बनाउन तथा दुग्धजन्य पदार्थको उत्पादनमा वृद्धि गरी गाउँपालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले प्रतिभैँसी ५० हजारका दरले अनुदान दिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले चालु आवको वार्षिक स्वीकृत कार्यक्रमअनुसार गाउँपालिकाका छ वटै वडामा फर्म दर्ता गरी भैँसीपालन गर्दै आउनुभएका १० जना किसानलाई प्रतिभैँसी ५० हजार रुपैयाँका दरले अनुदान प्रदान गरिएको पशु शाखा प्रमुख धर्मराज भट्टले बताए ।
यसैगरी, गाउँपालिकाले व्यावसायिक रूपमा बाख्रा पाल्दैआएका किसानलाई अनुदान दिएको छ । चालु आर्थिक वर्षमा बाख्रापालक किसानलाई अनुदानका लागि चार लाख र भैँसीका लागि पाँच लाख बजेट विनियोजन गरेको थियो ।
भैँसी प्रवद्र्धनका लागि व्यावसायिक फर्मको हकमा दुईवटा माउ भैँसी समूहको हकमा कम्तीमा ३० वटा हुनुपर्ने, बाख्रा प्रवर्द्धन कार्यक्रमका लागि फर्मको हकमा कम्तीमा ३० वटा र समूहका हकमा कम्तीमा २०० वटा माउ हुनुपर्ने प्रावधान रहेको शाखा प्रमुख भट्टले बताए ।
यसैगरी, चुरे गाउँपालिका–६ ले वडाभित्रका १० जना एकल महिलालाई बाख्रा वितरण गरेको छ । विपन्न, असहाय महिलाको आयआर्जनमा सहजता होस् भन्ने उद्देश्यले एक लाखको बजेटमा १० जना एकल महिलालाई बाख्रा वितरण गरिएको वडाध्यक्ष प्रेमबहादुर साउदले जानकारी दिए ।
सम्बन्धित समाचार
धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह
हुम्ला-बाजुरा सीमा विवादको दीर्घकालीन समाधान गर्न संसदीय समितिको निर्देशन
सुदूरपश्चिममा रेबिजविरुद्धको खोप अभाव
रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना
बाढीमा बगेर दुई महिलाको मृत्यु
च्याउखेतीबाट रोजगारी दिन र मनग्य आम्दानी लिन सफल मङ्गल
शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा






