सप्तरीका १८ वटै पालिकामा माग–पत्र

सप्तरी । विभिन्न ७ बुंदे मागँ अघि सार्दै विहीवार हरवा चरवाले एकै दिन र एकै समयमा सप्तरीका १८ वटै पालिकामा प्रर्दशन सहित माग–पत्र बुझाएका छन ।

सचेतना अभियान तथा प्रदर्शन कार्यक्रम अन्तर्गत मुक्त हरवा चरवा अधिकार मञ्च केन्द्रिय कार्यालयको अगुवाईमा प्रर्दशन पश्चात् पालिकाहरुमा माग–पत्र बुझाइएको हो । हरवा चरवा प्रथाको अन्त्य गरौ, न्यायपुर्ण श्रम सम्बन्ध कायम गरौ, मर्यादित श्रम, समान ज्याला र मुक्त हरवाको पुर्नस्थापना गर लगायतका नारा लेखिएको प्लेकार्ड बोकेर बजार परिक्रमा पश्चात पालिका कार्यालय पुगेर माग–पत्र बुझाइएको हो ।

माग–पत्रमा मुक्त हरवा चरवाको तथ्याङ्क संकलन, प्रमाणिकरण तथा परिचय पत्र वितरण कार्य तत्काल सूरु गरिनु पर्ने, मुक्त हरवा चरवाको पुनः स्थापना तथा अधिकार सुनिश्चिताका लागी छुट्टै बजेट विनियोजन गरिनु पर्ने, सुरक्षित वासको सुनिश्चिता गरिनु पर्ने तथा सरकारको नीति, कार्यक्रम र बजेटमा हरवा चरवालाई प्राथमिक्ता दिइनु पर्ने माग गरिएको छ ।

यस्तै मुक्त हरवा चरवाको सामाजिक सुरक्षा तथा शिक्षा र स्वास्थ्यमा पहुँच विस्तार गरिनु पर्ने लगायतका माग पनि माग–पत्र मार्फत गरिएको छ । मञ्चका केन्द्रीय अध्यक्ष दशन लाल मण्डलले मुक्त हरवा चरवाको अधिकार सुनिश्चित गर्न जिल्लाका १८ वटै पालिकामा एकै साथ स्थानीयस्तरीय जनप्रर्दशन, माग–पत्र बुझाउने तथा त्यस पछि आम सभाको आयोजना गरिएको बताए ।

१८ वटै पालिकामा एकै साथ कार्यक्रम गर्न राष्ट्रिय दलित नेटर्वक नेपालका कार्यकारी निर्देशक हुकुम सार्कीले सहजीकरण गरेका थिए । त्यस्तै द फ्रिडम फण्डका जनवकालत सल्लाहकार बालाराम भट्टराईले अभियानको महत्व ’bout प्रकाश पारेका थिए ।

कार्यक्रम सफल बनाउन श्रीपुराज सामुदायिक विकास केन्द्रका कार्यकारी निर्देशक बिनोदानन्द चौधरी, जनचेतना दलित संगमका कार्यकारी निर्देशक इन्द्र राम तथा विभिन्न पालिकाका हरवा चरवा अगुवाहरु परिचालित भएका थिए ।

कार्यक्रमको मुख्य उदेश्य हरवा चरवा समुदायका नागरिकलाई श्रमअधिकार, सम्मानजक रोजगार, सामाजिक सुरक्षा तथा आर्थिक पुनःस्थापनाका विषयमा सचेत बनाउनु तथा स्थानीयतहलाई जिम्मेवार र उत्तरदायि बनाउन सहयोग पु¥याउनु रहेको मञ्चले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 18 times, 1 visits today)

epaper

ताजा समाचार

९ औं राष्ट्रिय समावेशी म्युजिक अवार्डमा स्रष्टा सम्मानित