काठमाडौँ । नेपाली चलचित्र ‘हली’को टिजर शुक्रवार रिलिज गरिएको छ । आगामी साउन २२ गतेबाट प्रदर्शनमा आउन लागेको यस चलचित्रको टिजरमा सुदूर पश्चिममा विद्यामान हली प्रथा र छाउपडी प्रथालाई मुख्य कथा बनाइएको छ । छोरी महिनावारी हुँदा छाउगोठमा राखिएपछि उनीमाथि हुने दर्दनाक घटनाले निम्त्याएको समस्या टिजरमा उल्लेख छ ।
ओम प्रतीकको लेखन तथा निर्देशन रहेको यो चलचित्रमा निर्देशक ओमसँगै सरोज खनाल, प्रमोद दीप, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीको अभिनय छ ।
जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायू फिल्मस्को सहकार्यमा निर्मित यस चलचित्रलाई वैदेशिक रोजगार व्यवसायीद्वय पूजा गुरुङ र जश्मिन श्रेष्ठले बनाएका हुन् । चलचित्रका कार्यकारी निर्मातामा अर्जुन भुसाल, सह–निर्मातामा नम्रता भण्डार छन् । चलचित्रमा शम्भुजीत बासकोटा, र कृष्ण भारद्वाजको संगीत, कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको छ ।
सम्बन्धित समाचार
युवेन्द्र शाक्य र गङ्गा गौतमको नयाँ गीतले खिच्यो दर्शकको ध्यान
साताव्यापी ‘हिमालयन लिटरेचर फेस्टिबल’ सम्पन्न
न्युयोर्कबाट चम्कियो ‘डेथ अफ अ सेल्सम्यान’
‘टोलटोलमा फिल्म महोत्सव’ गर्दै काठमाडौँ महानगर
पाँचौं काब्या म्युजिक अवार्डमा कलाकर्मी सम्मानित
‘कहीँ नभाको जात्रा’ मा रोमाण्टिक देखिए सियोन र खुशी
९ औं राष्ट्रिय समावेशी म्युजिक अवार्डमा स्रष्टा सम्मानित
मदनकृष्णलाई दीर्घ साधना सम्मान, नीर शाह उत्कृष्ट अभिनेता






