दैलेखमा थप ९१ जनामा कोरोना संक्रमण, संक्रमित ३०९ पुगे

दैलेख । दैलेखमा कोरोना भाइरस संक्रमितको संख्या ३०९ पुगेको छ । बिहिबारसम्म २१८ सम्म पुगेको शुक्रवार ९१ जनामा कोरोना भाइरसको पुष्टि भएसँगै दैलेखमा कोरोना संक्रमितको संख्या ३०९ पुगेको हो । विहिबार भने ११३ थपिएका थिए भने शुक्रवार नयाँ ९१ थपिएका छन् ।

कोभिड १९ नयाँ थपिनेमा निर्वाचन क्षेत्र –१ को महाबु गाउँपालिकामा ६४ जना र निर्वाचन क्षेत्र २ को दुल्लू नगरपालिकाका २७ जना हुन् । महाबु गाउँपालिका ३ महिला सहित ६१ पुरुषमा कारोना पोजेटिभ देखिएको छ । गाउँपालिकाको सबै भन्दा बढी पोजेटिभ वडा नं-२ मा देखिएको छ । २ महिला ४० जना पुरुषमा संक्रमण देखिएको हो ।

त्यसैगरि निर्वाचन क्षेत्र २ को दुल्लूनगरपालिकामा २७ जनामा कोरोना पोजेटिभ देखिएको छ पोजिटेभ देखिएका सबै पुरुष हुन् । दुल्लू नगरपालिका वडानं –१ मा ६ जना, वडा नं–२ मा ५ जना, वडा नं –३ मा ३ जना, वडानं –४ मा ३ जना,वडानं –५ मा १ जना, वडा नं –६ मा ४ जना, वडा नं –७ मा १ जना,वडानं –८ मा १ जना,वडानं –९ मा १ जना, वडा नं–१० मा १ वडा नं–१२ मा १ जना गरि २७ जनामा कोरोना पोजेटिभ देखिएको कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखा प्रमुख डा.लक्ष्मीनाराण तिवारीले जानकारी दिए । बिहिबार दैलेखका ११३ जनामध्ये १०८ जना जिल्ला सदरमुकाम रहेको दैलेखको नारायण नगरपालिकामा कोरोना पुष्टि भएको थियो ।

रोजगारीका लागि भारत गएका नागरिक दैलेख फर्किन थालेपछि दैलेखमा कोरोना संक्रमित संख्या ह्वातै बढेको हो । कोरोना ‘पोजेटिभ’ देखिएका सबै भारतबाट आएका हुन् । कोरोना पोजेटिभ दिनानुदिन बढन् थालेपछि दैलेखका स्थानीयबासिन्दा त्रसित भएपनि भारतबाट दैलेख भित्रिने संख्यामा कमी आएको छैन ।

दैलेखमा निषेधज्ञा जारी

दैलेख जिल्लामा कोरोना संक्रमित दिनानुदिन बढ्न थालेपछि निषेधज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रवार सुचना जारी गदै जिल्लाका दुईवटा नगरपालिकामा निषेधज्ञा गरेको हो । जिल्ला सदरमुकाम रहेको निर्वाचन क्षेत्र –१ को नारायण नगरपालिका र निर्वाचन क्षेत्र –२ को दुल्लू नगरपालिकामा शुक्रवार ६ बजेदेखी अर्का आदेश नआएसम्मका लागि निषेधज्ञा गरिएको सुचना उल्लेख गरिएको छ ।

निर्वाचन क्षेत्र –१ को नारायण नगरपालिकाको पुर्वमा लोहोरे खोला,पश्चिममा छामघाट खोला,भिरखेत उत्तरमा छान्ना र दक्षिणमा चुप्रा बजार भित्र निषेधाज्ञा तोकेको छ भने निर्वाचन क्षेत्र –२ को दुल्लूनगरपालिकामा पुर्वमा माथिल्लो डुङ्गेश्वर, –चुप्रा –शिरस्थान, पश्चिममा पादुका खोला–कर्णाली राजमार्ग, उत्तरमा भैरवी गाउँपालिका, दक्षिणमा तल्लो डुङ्गेश्वर क्षेत्र तोकिएको छ । निषेधज्ञा तोकिएको क्षेत्रमा कसैले पनि भिडभाड, भेटघाट, भेला नहुने जिल्ला प्रशासन कार्यालय अनुरोध गरेको छ साथै कसैले आदेशको उल्लंघन गरेमा कानुन बमोजिम कार्वाही गरिने जारी सुचनामा उल्लेख छ ।

जिल्लामा कोभिड –१९ को संक्रमण फैलिन नदिन,रोकथाम र नियन्त्रण गर्न लागि नेपाल राजपत्रमा तोकिएको अतिआवश्यकता औषधी पसल, खाद्यान्न, फलफुल, तरकार, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालन सम्बन्धि सेवा, वैकिङ्ग सेवा, आन्तरिक सुरक्षा, खानेपानी तथा विद्युत सञ्चालन तथा वितरण, पेट्रोलियम पर्दाथको ढुवानी तथा वितरण, फोहोरमैलाको व्यवस्थापन बाहेक अन्य सबै सेवा र स्थलहरु स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) तथा संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टले बताए ।

‘सुचनामा उल्लेख गरिएको स्थलमा जो कसैले पनि निषेधज्ञाको उल्लंघन गरे कारवाही गरिने छ । कोरोना भाइरसको संक्रमण जोगिनको लागि सबैले आ आफ्नो क्षेत्रबाट जिम्मेवारी हुनुपर्छ’, उनले भने । ‘पछिल्लो समय दैलेखमा कोरोनाकै कारण एकजना मृत्यु भइसकेको र नारायण र दुल्लु नगरपालिकामा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा रहेकोले नियन्त्रण गर्न र क्वारेन्टाइनमा रहेको कोरोना समुदायमा फैलिन नपाओस् भन्नको लागि निषेधाज्ञा जारी गरिएको हो’, प्रमुख जिल्ला अधिकारी कटेलले थपे ।

तपाइको प्रतिक्रिया
(Visited 253 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग