काठमाडौं । नेपाली चलचित्र ‘हली’को टिजर शुक्रवार रिलिज गरिएको छ । आगामी साउन २२ गतेबाट प्रदर्शनमा आउन लागेको यस चलचित्रको टिजरमा सुदूर पश्चिममा विद्यामान हली प्रथा र महिनावारी पीडा मुख्य कथा बनाइएको छ ।
छोरी महिनावारी हुँदा छाउगोठमा राखिएपछि उनीमाथि हुने दर्दनाक घटनाले निम्त्याएको समस्या टिजरमा उल्लेख छ । ओम प्रतीकको लेखन तथा निर्देशन रहेको यो चलचित्रमा निर्देशक ओमसँगै सरोज खनाल, प्रमोद दीप, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीको अभिनय छ ।
जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायू फिल्मस्को सहकार्यमा निर्मित यस चलचित्रलाई वैदेशिक रोजगार व्यवसायीद्वय पूजा गुरुङ र जश्मिन श्रेष्ठले बनाएका हुन् । चलचित्रका कार्यकारी निर्मातामा अर्जुन भुसाल, सह–निर्मातामा नम्रता भण्डार छन् । चलचित्रमा शम्भुजीत बासकोटा, र कृष्ण भारद्वाजको संगीत, कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको छ ।
सम्बन्धित समाचार
‘टोलटोलमा फिल्म महोत्सव’ गर्दै काठमाडौँ महानगर
काठमाडौंमा हिमालयन रिम फिल्म प्रदर्शनी सुरु
‘मुटु फलाम भएर’ कविता कृति लोकार्पण
अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
आफ्नै चलचित्रको टिकट किनेर दर्शक खोज्न बाध्य निर्माता
क्रिटिक्स अवार्ड विजेतामा हरिवंशदेखि मीन भामसम्म
वाणिज्य बैंकमा मुद्दतीतर्फको ब्याज थप घट्यो
राष्ट्र बैङ्कको अध्ययनः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव






