काठमाडौं । माझी समुदायका चलचित्रकर्मीहरूले चलचित्र छायांकन कला सिकेका छन् । चलचित्र विकास बोर्ड र माझी चलचित्रकर्मी संघको संयुक्त आयोजनामा काठमाडौँमा आयोजना गरिएको सप्ताहव्यापी चलचित्र छायांकन कार्यशालामा उनीहरूले चलचित्र छायांकन कला सिकेका हुन् ।
आदिवासी जनजाति मातृ भाषी चलचित्रको प्रवद्र्धन, विकास तथा विस्तार गर्ने उद्देश्यले सात दिवसीय छायांकन सम्बन्धी कार्यशाला गोष्ठी आयोजना गरिएको आदिवासी जनजाति चलचित्र महासंघकी कार्यवाहक अध्यक्ष भुइसाल लामाले बुधवार गोष्ठी समापन समारोहमा बताइन् ।
सप्ताहव्यापी कार्यशाला सोचेको भन्दा निकै राम्रो भएको सो समारोहमा माझी चलचित्रकर्मी संघका अध्यक्ष विवश माझीले बताए । यो सप्ताहव्यापी कार्यशालामा माझी समुदायका डेढ दर्जन प्राविधिकहरूले चलचित्र छायांकन कलाको प्रशिक्षण लिए । यस्ता माझी समुदायका चलचित्रकर्मीहरूलाई प्राविधिक ज्ञान, सीप तथा सिर्जनात्मक क्षमता अभिवृद्धि गर्न सहयोग पु¥याउने विश्वास उनले व्यक्त गरे ।
सम्बन्धित समाचार
काठमाडौंमा हिमालयन रिम फिल्म प्रदर्शनी सुरु
‘मुटु फलाम भएर’ कविता कृति लोकार्पण
अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
‘हली’ टिजरमा महिनावारी पीडा
विदेशमा नेपाली चलचित्रको कमाई स्वदेश भित्राउन चोर बाटो
नेपालमा एनिमेसन चलचित्रको छुट्टै महोत्सव हुँदै
वायोपिकमा अग्रज कलाकार ‘मदनकृष्ण’
तमिल चलचित्रमा अझै मुख्यमन्त्री थलापति विजय नै महंगा अभिनेता






