अभिनेत्री ज्याकलिनको मुद्दा ट्रायल कोर्टमा

मुम्बई । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजमाथि लागेको सुकेश चन्द्रशेखरसँग सम्बन्धित २०० करोड रुपैयाँको मनी लान्ड्रिङ मुद्दा पेचिलो बन्दै गएको छ । सुरुमा उनले २०० करोड रुपैयाँको मनी लान्ड्रिङ मुद्दामा आफू विरुद्धको कारबाहीलाई चुनौती दिएकी थिइन् । चुनौती स्वरुप उनले सर्वोच्च अदालतमा आफ्नो तर्फबाट केही समय अघि निवेदन दिएकी थिइन् । उनले सो निवेदन बिहीबार सर्वोच्च अदालतबाट फिर्ता लिएकी छिन् ।

उनले आफ्नो माग दाबी फिर्ता लिएपछि यो मुद्दा अब ट्रायल कोर्टमा फर्किएको छ, जसले ज्याकलिनको कानुनी रणनीतिमा ठुलो मोड ल्याएको छ । अभिनेत्रीले अब उच्च अदालतको सट्टा तल्लो अदालतबाट कानुनी राहत खोज्ने निर्णय गरेकी छिन् । न्यायाधीश बेला त्रिवेदी र पंकज मिथलको इजलासले मुद्दाको बहस गरेको छ । बहसमा ज्याकलिनका वकिलले ट्रायल न्यायाधीशसमक्ष आफ्नो तर्क विस्तृत रूपमा प्रस्तुत गर्न सकुन् भनेर याचिका फिर्ता लिन अनुरोध गरे । यो आरोपलाई समयमै न्याय दिलाउँदै ट्रायल स्तरमा आफ्नो मुद्दालाई बलियो रूपमा प्रस्तुत गर्ने उद्देश्यले आफूले सर्वोच्चबाट उजुरी फिर्ता लिएको अभिनेत्री ज्याकलिनले बताएकी छिन् ।

भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले ज्याकलिनले सुकेश चन्द्रशेखरसँग सम्बन्धित २०० को आपराधिक आम्दानीबाट फाइदा उठाएको आरोप लगाएको छ । यी गम्भीर आरोपबिच पनि अभिनेत्री ज्याकलिन हाल नियमित जमानतमा छिन् । उनको कानुनी टोलीले अब आरोपहरू तथ्यहीन बनाउने काममा मात्र ध्यान केन्द्रित गर्ने जनाएको छ । ट्रायल कोर्टले मुद्दा अगाडि बढाउन पर्याप्त प्रमाण छ कि छैन भनेर निर्धारण गर्नेछ। यो ज्याकलिनको करियर र सार्वजनिक छविको लागि महत्त्वपूर्ण अवधि हो ।

कामको लागि विदेश यात्रा गर्न रोक लागेपछि ज्याकलिन तनावमा छिन् । उनले विदेश यात्रा गर्नु अघि हाल अदालतको अनुमति लिनुपर्छ । यो कानुनी प्रक्रियाले उनको अन्तर्राष्ट्रिय सुटिङ र विश्वव्यापी सम्झौताहरूमा असर गरिरहेको छ । चलचित्रको सुटिङ र अदालतको मिति समन्वय गर्नु पनि उनको लागि चुनौतीपूर्ण छ । उनीसँग सम्बन्धित ब्रान्डहरू पनि अहिले यो प्रकरणले चिन्तामा छन् ।

अदालतका अनुसार ट्रायल कोर्टले चाँडै अर्को सुनुवाइको लागि नयाँ मिति तय गर्नेछ । यो विषयलाई बलिउडकर्मीले समेत नजिकबाट निगरानी गरिरहेका छन् । आगामी महिनाहरूमा हुने ट्रायलको नतिजाले ज्याकलिनको भविष्यका परियोजनाहरू निर्धारण गर्ने विश्वास गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 20 times, 1 visits today)

epaper

ताजा समाचार

केपिलासगढीमा प्रभाकारी बन्दै ‘बुहारी शिक्षा’ कार्यक्रम